१५ चैत्र २०८०, बिहीबार
Follow Us

३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७८, शनिबार १३:१४

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ। गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।