७ बैशाख २०८१, शुक्रबार
Follow Us

युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड गठन

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०७८, शनिबार १३:२१

काठमाडौं । नेकपा एमालेले आफ्नो युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो । महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो । युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जन्म जसरी भएको थियो, त्यसरी नै पार्टीका राजनीतिक कार्यक्रम र जनतासँग जोडिएर काम गर्न निर्देशन दिएका छन् । ‘हिंसाका पक्षपातीलाई ठिक लगाउने शक्ति हो युथफोर्स,’ उनले भने, ‘हामी संविधान र कानुनी शासनको पक्षमा छौं, युथफोर्सले यही चिजलाई सबल बनाउन सहयोग गर्छ ।’

त्यस्तै नेता महेश बस्नेतले एमले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावदी दिएका छन् । भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका हुन् ।