१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारीको छोरीको विवाहमा पूर्वराजा सहभागी हुने

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार १३:०२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार मध्यान्ह १२ बजेका लागि शीतलनिवासमा बोलाएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्वराष्ट्रपति रामवरण यादवका नातेदार (नाति) अभिशेष यादवसँग राष्ट्रपति भवनभित्रै सोमबार विवाह हुँदैछ ।
पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्र आएयता एकचोटि पनि शीतलनिवास टेकेका छैनन् । पूर्वराजपरिवारका सदस्यहरुमा विवाह लगायतका सामाजिक समारोहरुमा निम्तो आएका बेला सहभागिता जनाउने संस्कार र परम्परा रही आएको छ । स्रेतका अनुसार ज्ञानेन्द्र विहेमा सहभागी हुने बताएको छ ।