१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पूँजीगत लाभ कर नतिरे एनसेलले फोरजी चलाउन नपाउने

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार १३:१०

काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग तीन महिनाभित्र पूँजीगत लाभांश कर उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले एनसेलले १५ र एनसेलको नब्बे प्रतिशत शेयर लिएको टेलिया सोनेराबाट १० प्रतिशत कर उठाउन गरेको ताकेता पूरा नभएको भन्दै अर्थ मन्त्रालयलाई तीन महिनाको म्याद दिएको हो । समितिले एनसेलको शेयर खरिद–बिक्रि बापतको कर उठाउन आनाकानी गर्ने सरकारी अधिकारीमाथि पनि पुनः छानबिन गर्न अख्तियारलाई भनेको छ । गत चैत १६ गतेसम्म कर उठाउन दिएको निर्देशन कार्यान्वयन नभएपछि समितिले फेरि म्यादै तोकेर अर्को निर्देशन दिएको हो ।
बैठकमा अर्थसचिव शान्तराज सुवेदीले एनसेलको लाभकर उठाउन कार्यतालिका बनाएर काम भइरहेको जानकारी दिँदा समितिका सदस्यले भने पूर्णरुपमा कर चुक्ता नगरेसम्म एनसेललाई ‘फोरजी’ सेवा सञ्चालन गर्न दिन नहुने बताएका थिए । त्यसबारे अर्को बैठकमा छलफल हुने भएको छ ।