११ बैशाख २०८१, मंगलवार
Follow Us

‘सरसर्ती संसार’ जर्मनीमा लोकार्पण (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ माघ २०७३, आईतवार १७:३७

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघका प्रमूख संरक्षक पुर्व अध्यक्ष जीवा लामिछाने द्वारा लिखित कृती सरसर्ती संसार जर्मनी को ब्यपारिक राजधानी फ्रयांकफर्टमा जर्मनी का लागी नेपाल सरकारका महावाणिज्य दुत तथा गैरआवासीय नेपाली संघका निवर्तमान संरक्षक राम प्रताप थापाज्यु को प्रमूख आतीथ्यमा लोकार्पण गरीयो।
जीवा लामीछाने गैर आवासीय नेपाली संघका संस्थापक अभीयन्ता र गैर आवासीय नेपाली संघका तेश्रो नीर्वीरोध नीर्वाचीत अध्यक्ष्य तथा प्रमूख संरक्षक साथै सफल व्यवसायी र समाज सेवीको पर्यावाची नाम हो ।
सरसर्ती संसार ले उहाँको परीचय एक श्रष्टा को रूपमा स्थापीत गर्दैछ। डायस्पोरिक साहित्यमा जीवा लामिछानेको यस कृतिले प्रवासमा रहेका नेपाली हरूको साहित्य प्रतीको रुची लाई प्रोत्साहीत गर्दछ। ३५ वर्ष देखीका आफ्ना भ्रमणका नोट हरू लाई व्यवस्थीत रूप मा लिपिवद्ध गराएर ५ वटा महादेश का २९ देश लाई समावेश गरीएको नीयात्रा संग्रह ज्यादै रोचक र पठनीय छ। यस कृतीमा सर्जकको लेखन प्रतीको लगाव र शब्द हरूका तारतम्यता को वेजोड मेल छ। विचरण गरियका देश हरूको प्राकृतिक सम्पदा, रहनसहन, भौतिक संरचना,संस्कृति, भूगोल, ईतीहास लाई समेटिएको छ।

जीवा लामिछानेको दोश्रो कर्म भुमी जर्मन को फ्रयांकफर्ट सहरमा माघे संक्रान्तीको दीनमा लोकार्पण गरीएको उक्त कार्यक्रम रामजीवी पन्थले संचालन गर्नू भएको थीयो।साहित्य समाज जर्मनका अध्यक्ष्य खडक न्यौपानेले स्वागत भाषण गर्दै सुभारम्भ भएको यस लोकार्पण कार्यक्रममा ओ एन एफ का अध्यक्ष्य राम चन्द्र आचार्यले सर्जकको गैर आवासीय नेपाली संघ प्रतीको लगाव यस संस्था लाई स्थापना गर्न को लागी खेलेको भूमीकाको बारेमा चर्चा गर्नू भएको थीयो। चीतवन समाज जर्मनी का अध्यक्ष्य यज्ञ राज सुबेदीले भविष्यमा थप कृती हरु प्रकाशनका लागी शुभकामना दिनु भएको थीयो।अन्तराष्ट्रीय कलाकार समाजकी उपाध्यक्ष्य कमला दाहालले सरसर्ती संसारका सर्जक नेपाली हरू वीचमा हीरोको संज्ञा दिदै उहाको शालीनताको ब्याख्या गर्नु भएको थीयो।पाठकको तर्फ बाट यज्ञ अधिकारी ले पुस्तकको वीबेचनात्मक विश्लेषण गर्नू भएको थियो ।

उहाँले यस पुस्तकमा देखीएका कमी कमजोरी औल्याउनु भएको थीयो भने पुस्तकले पाठक लाई आफै यात्रा गरीरहेको अनुभुती गराउने चर्चा गर्नू भएको थीयो। लोकार्पण कार्यक्रमका विशेष अतीथी डा खुम नारायण पौडेलले जीवा लामिछाने आफ्नो यात्रामा कहीले नथाक्ने यात्री रहेको उल्लेख गर्नु भएको थियो भने उहाको साहित्यिक कृती अमर रहने र भविष्यमा नवीन कृती को लागि शुभकामान दिनु भएको थियो यसै क्रममा विशेष अतीथी तथा गैर आवासीय नेपाली संघ जर्मनीका अध्यक्ष्य नब राज रोसायरिले लेखक बहुआयमिक ब्यक्तीत्व का धनी र उहाँको कार्यकाल मा समुहगत लगानी को माध्यम बाट देश लाई समृद्ध बनाउनु पर्छ देश समृद्ध भयो भने हामी समृद्ध हुन्छौ भन्ने मान्यता प्रेशीत गर्नु भएको स्मरण गराउनु भएको थीयो।

लेखक लामिछाने ले आफ्नो कृति को नाम सरसर्ती संसार राख्न को कारण सरसर्ती यात्रा गरीएका देश हरूको सरसर्ती गरिएको टिपोट लाई लिपिबद्ध गरिएको जानकारी दिनु भएको थीयो । उहाँले यस कृति मुलतः पारीवारिक भ्रमण ,ब्यबसायिक भ्रमण र गैर आवासीय नेपाली संघ को अभियान मा गरियका भ्रमण मा केन्द्रीत रहेर तयार गरिएको एक यात्रा साहित्य रहेको प्रकाश पार्नू भयो। नेपाल ,रुस ,तान्जानीय,वेलायत मा लोकार्पण भैसकेको यस कृती मा पाठक हरू ले दिनु भएको पृष्ठपोषण सोचे भन्दा राम्रो आएको ले आफ्नो साहित्यिक यात्रा मा अझ थप उर्जा मिल्ने र आफ्नो लेखन यात्रा अनवरत रहने उद्घोष गर्दै सहभागी सबैलाई हार्दीक धन्यवाद दिनु भयो।

कार्यक्रम का प्रमूख अतीथी राम प्रताप थापा ले सर्जक संगको लामो संगतले उहाँको सालीनता र लगनसीलता उदारणीय रहेको र यस कृती गैर आवासीय नेपाली हरूको माझमा लोकप्रिय रहेको भन्दै पुस्तकमा भ्रमण गरीएका मुलुक हरू नेपाल संग तुलना गर्दै आफ्नो देश लाई समृद्ध बनाउने उत्कट चाहना र देश भक्ती भावना स्पस्ट झल्कीएको पाईन्छ भन्दै सर्जक लाई साहित्यिक फाँट मा उतोरोउतर प्रगतीको शुभकामना दिनु भयो ।
लोकार्पण कार्यक्रम मा सर्जक लामिछाने द्वारा प्रफुल्ल मुद्रामा पाठक-पुस्तक मा हस्ताक्षर गर्दै पुस्तक बिक्रि बाट प्राप्त रकम के .पी. किरण द्वारा संचालीत चेपांग केन्द्र लाई सहयोग गरीने जानकारी गरीदिनु भयो। कार्यक्रम संचालक रामजीवी पन्थले यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण सहभागी साथै लोकमणी ढकाल,खडक न्यौपाने,विनोद सुबेदी,होटेल संचालक रमेश अर्याल र शर्मीला राजभण्डारी अर्याल लाई धेरै धेरै धन्यवाद दिनु भएको थियो ।
15936869_1417700284930745_7198573748532027205_o

15936945_1417701871597253_373046552178666225_o

15937098_1417701698263937_7713352283955197350_o

15994516_1417701614930612_6299495127424329720_o

16112743_1417703098263797_4612550337115711405_o

16112946_1417702408263866_3742481618773570888_o

16113104_1417703788263728_4660994263785968822_o