१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूके नर्दन आयरल्याण्डको उपाध्यक्ष नारायण कुँवरको चर्चा

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७८, बिहीबार १९:०६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार हुने निर्वाचनमा नर्दन आयरल्याण्डको उपाध्यक्षमा नारायण कुँवरले उम्मेदवारी दिएका छन् । २० वर्ष नर्दन आयरल्याण्ड राज्य परिषद्को अध्यक्षको जिम्मेवारी सम्हालेका कुँवर आगामी कार्यकालको लागि एनआरएनए यूकेको उपाध्यक्षको रुपमा चर्चामा छन् ।

नर्दन आयरल्याण्ड राज्य परिषद्लाई एनआरएनएको मूलधारमा ल्याउन प्रयत्नशिल रहेको बताउने कुँवरले सदस्यता वितरणमा सहजीकरण गर्नेदेखि नेपाली साझा घरको अवधारणालाई आफ्नो एजेन्डा समेटेका छन् । यस्तै नर्दन आयरल्याण्डमा नेपालीहरुले भोग्दै आएको भाषा सम्बन्धि समस्या समधानको लागि आवश्यक प्रबन्ध मिलाउने, नेपालको पर्यटन प्रवर्धनकोे लागि नर्दन आयरल्याण्डमा विशेष योजना ल्याउने उनका प्रतिबद्धता छन् ।

गैरआवासीय नेपाली संघ यूकेको सहकार्यमा नर्दन आयरल्याण्डमा नेपालीहरुको सहयोगार्थ छुट्टै आपकालिन कोषको स्थापनाका लागि विशेष पहल प्रतिबद्धता समेत कुँवरको छ ।

रेष्टुरेन्ट व्यवसायी समेत रहेका कुवँरले नर्दन आयरल्याण्डमा पहिलो नेपाली रेष्टुरेन्टको सुरुआत गरेका थिए । उनकोे सार्पन ग्रुप अन्तरर्गत तीनवटा रेष्टुरेन्ट संचालनमा छन् । उनले नेपालमा रियल स्टेट लगायतको क्षेत्रमा लगानी गरेका छन् ।