१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार सेनेलाई मातृशोक, एफएनजे यूकेको शोक वक्तव्य

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७८, बिहीबार १९:१४

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेलाई मातृशोक परेको छ ।

पत्रकार सेनेकी आमा दाउमन्ती पयांगु सेनेको ८५ वर्षको उमेरमा गत सोमबार लन्डनको साउथ ह्यारोस्थित आफ्नै निवासमा निधन भएको हो ।

गत १३ जुलाईमा लन्डनको नर्थविक पार्क अस्पताल भर्ना भएकी स्वर्गीय सेनेलाई १९ जुलाईमा घर फर्काइएको थियो ।

केही महिनाअघि मस्तिष्कघात भएपछि उनी निरन्तर उपचारको क्रममा थिइन् ।

तेह्रथुम जिल्लाको लालीगुरांश नगरपालिका स्थायी घर भएकी स्वर्गीय सेने विगत १५ वर्षदेखि परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् ।

यसैबीच, नेपाल पत्रकार महासंघ यूके शाखाले स्वर्गीय सेनेको निधनमा शोक व्यक्त गरेको छ । महासचिव नरेन्द्र बस्नेतले बिहीबार एक वक्तव्य जारी गर्दै शाखाकी केन्द्रीय प्रतिनिधि एवम् निवर्तमान उपाध्यक्ष विमला सेनेकी आमाको निधनले संस्थालाई स्तब्ध तुल्याएको जनाएका छन् ।

‘शोकको यस घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहकर्मी विमला सेनेसहित शोकसन्तप्त सिंगो परिवारमा नेपाल पत्रकार महासंघ बेलायत शाखा भावपूर्ण समवेदना प्रकट गर्दछ’, वक्तव्यमा भनिएको छ ।