१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए यूके महिला उपाध्यक्षकी उम्मेदवार सरस्वती केसीले ल्याइन् ७ प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७८, बिहीबार २०:१५

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी क्रियाशील महिला अभियन्ता सरस्वती केसीले आफ्ना प्रतिबद्धताहरु प्रस्तुत गरेकी छन् ।

भूपू गोर्खासहित बेलायतमा रहेका करिब दुई लाख नेपालीहरुको हक–हित, संघको भविष्य र संस्थामा महिला सहभागिता जस्ता विषयहरु केसीका प्रमुख एजेन्डा छन् ।

एनआरएनए यूकेमा बढ्दै गएको बेथिती(विसंगति, अराजकता नियन्त्रण एवं पारदर्शीतासहित संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको उनले बताएकी छन्।

केसीले महिला सशक्तिकरण लगायत सामाजिक रुपान्तरणका लागि नेपालमा डेढ दशक लामो अनुभव बटुलेकी छन् ।

पछिल्लो दुई वर्ष संस्थामा रहेर काम गरेको अनुभवबाट थप उत्साहित बन्दै समाजसेवामा अझ बढी सक्रिय बन्ने उनको लक्ष्य छ ।

अघिल्लो निर्वाचनमा सर्वाधिक मत ल्याएर विजयी भएकी केसी कार्यसमितिका हरेक गतिविधिमा सहभागिता र साथ दिएका कारण पनि केसी आसन्न निर्वाचनमा सशक्त दावेदारको रुपमा प्रस्तुत भएकी छन् ।

झण्डै दुई दशकअघि बेलायत आएर सामान्य संघर्षपूर्ण जागिरे जीवन हुंदै अहिले लन्डनमा रेष्टुरेन्ट व्यवसाय सन्चालन गरिरहेकी केसी च्यारिटी कर्ममा सधैं अग्रपंक्तिमा छिन् ।

सस्तो लोकप्रियताभन्दा व्यवहारमा काम देखाउने, स्पष्ट वक्ता, सहयोगी र मिजासिलो स्वभावका कारण उनी बेलायतमा सबैको ‘प्रिय’ छन् ।

नेपालमा अन्तरराष्ट्रिय डेनिस सहयोगी संस्थामा दशकबढी काम गरेकी सरस्वती महिला सशक्तिकरणकी प्रशिक्षिका र अधिकारकर्मी पनि हुन् । हाल उनले निर्वाचनको सिलशिलामा बेलायतका विभिन्न भागमा आफ्ना गतिविधिलाई तीव्रता दिदै आएकी छन् ।