४ बैशाख २०८१, मंगलवार
Follow Us

चीनबाट आइपुग्यो थप आठ लाख डोज खोप

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७८, शुक्रबार १४:१३

काठमाडौं । चीनबाट आज थप ८ लाख भेरोसेल खोप काठमाडौं ल्याइएको छ । नेपालले खरिद गरेको ४० लाख डोजमध्येको अन्तिम खेप अन्तर्गत सो परिमाणको खोप ल्याइएको हो । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज साउन २४ गते बेइजिङ जाने कार्यक्रम रहेको पौडेलले बताए । थप ८ लाख डोज खरिद वा अनुदानमा आउन लागेको हो भन्ने कुरा उनले खुलाएनन् । चिनियाँ राजदूत होउ यान्छीले शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्दै १६ लाख डोज खोप अनुदानमा दिने जनाएकी थिइन् ।