१६ चैत्र २०८०, शुक्रबार
Follow Us

म्यानचेस्टर सिटी एभर्टनसँग चार शून्यले पराजित

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार ०५:३६

लन्डन । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी एभर्टनसँग चार– शुन्यले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनका रामेलु लुकाकु, केविन मिरलोस, टम डेविस र एडेमोला लुकम्यानले गोल गरे । गएराति नै भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले एक–एक गोलको बराबरी खेलेका छन् । लिभरपुलका लागि जेम्स मिल्नर र युनाइटेडका लागि जाल्टन इब्राहिमोविचले गोल गरेका हुन् । गएरातिको खेलपछि एक्काइस खेलबाट बाउन्न अंकका साथ चेल्सी लिगको पहिलो स्थानमा छ । समान खेल खेलेको टोटनह्याम दोस्रो छ । गएरातिको बराबरीपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । चौथो स्थानको आर्सनलको २१ खेलबाट ४४ अंक छ । गएरातिको हारपछि पाँचौं स्थानमा झरेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४२ अंक छ । ३३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।

ला–लिगा
ला–लिगामा रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । गएराति भएको खेलमा सेभिल्लासँग दुई–एक गोल अन्तरले पराजित भएपछि ४० खेलमा अपराजित मड्रिडको यात्रामा विराम लागेको हो । रियलको हारमा सर्जियो रोमोसको आत्मघाती गोल र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो । सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा मध्यान्तर अघि दुबै टोली गोलरहित बराबरीमा थिए । ६७ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियललाई एक–शुन्यको अग्रता दिलाएका थिए । तर, खेल सकिन पाँच मिनेट मात्रै बाँकी हुँदा रामोसले आफ्नो पूर्व क्लबका लागि आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । खेलको इन्जुरी समयमा जोवेटिकले गोल गरेपछि रियल मड्रिडको अपराजित यात्रा टुंगिएको हो । राति नै भ्यालेन्सियाले स्पानियोललाई दुई–एक, सेल्टा डि भिगोले एलाभेसलाई एक–शुन्य र एइबरले स्पोर्टिङ गिजोनलाई तीन–दुईले हराएको छ । ग्रनाडा र ओसासुनाले भने एक–एक गोलको बराबरी खेलेका छन् । गएरातिको जितपछि १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै सेभिल्ला दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ ।