१३ बैशाख २०८१, बिहीबार
Follow Us

क्षेत्री समाजद्धारा राजदुत दम्पत्तिलार्इ सम्मान

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार ०८:०७

लण्डन । क्षेत्री समाज बेलायतले १४ जनवरीका दिन अल्डरसटको एम्पाएर हलमा आपतकालीन राहतकोषको लागी एक भब्य च्यारिटी डिनर कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संयोजक प्रतिमा के सीका अनुसार उक्त कार्यक्रमबाट झन्डै १२ हजार पाउण्ड संकलन भएको छ। एक भब्य कार्यक्रम बिच बेलायतका लागी नेपालका राजदूत डा दुर्गा बहादुर सुबेदी क्षेत्रीले पानसमा बत्ति बालेर सो कार्यक्रमको उट्घाटन गरेका थिए।

राजदुत डा. सुबेदी तथा वहाकी धर्मपत्नी पुनम राज्यलक्ष्मी सुबेदीलाई क्षेत्री समाज बेलायतका प्रमुख संरक्षक ध्रुब के.सी., अध्यक्ष्य धन बहादुर कुँवर, कार्यक्रम संयोजक प्रतिमा के सी र पन्चकन्याहरुले दोसल्ला, प्रमाणपत्र, फुलको गुच्छा र ढाकाको पछ्यौरी ओडाएर स्वागत गरिएको उक्त कार्यक्रममा बोल्दै राजदुत डा सुबेदीले आफु र आफ्नो धर्मपत्नीलाइ समाजले सम्मानकासाथ स्वागत गरेकोमा बिशेष धन्यबाद दिदै नेपाल बिभिन्न भाषाभाषीको सुन्दर फुलबारी हो। सबै प्रति मेरो उत्तिकै सम्मान छ र म यहाँ क्षेत्री मात्र नभएर नेपालको दुत भएर उपस्थित भएको हुँ भन्दै “हिमाल पहाड तराई कोहि छैन पराइ” नै अहिलेको नेपालको मूल नारा हो भनेका थिए।

राजदुतको संक्षिप्त जीवनी समाजका सल्लाहकार रामशरण सिम्खडा र संचार संयोजक नरेन्द्र बस्नेतले ले प्रस्तुत गरेका थिए ।
पहिलो चरणको संक्षिप्त औपचारिक र दोस्रो चरण मनोरन्जनात्मक कार्यक्रम गरी गरिएको कार्यक्रममा सम्पूर्ण संघसंस्थाको तर्फबाट आफ्नो मन्तब्य राख्दै गैर आवासीय नेपाली संघ युरोपका संयोजक कुल आचार्यले यस कार्यक्रमबाट आफु निकै प्रभावित भएको र यसबाट जम्मा भएको रकम मानवकल्याणमा प्रयोग हुने बिश्वास रहेको कुरा बताए। त्यस्तै गरी समाजका प्रमुख संरक्षक ध्रुब के.सी. ले सुन्दा जातीय जस्तो सुनिने हाम्रो यस समाजले मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने मूल मर्मको साथ काम गरिरहेको कुरा बताएका थिए।
समाजका महासचिब राजन क्षेत्री र सचिब कुमार के सीले संयुक्त रुपमा संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष्य टेक बहादुर जी सी ले र धन्यबाद भाषण कार्यक्रम संयोजक प्रतिमा केसीले गरेका थिए भने समाजका अध्यक्ष्य धन बहादुर कुँवरले आपतकालीन राहतकोषको औचित्य र वर्तमान अबस्था बारे चर्चा गर्दै पहिलो चरणको कार्यक्रम समापन गरेका थिए।
कार्यक्रममा बेलायत हाउस अफ कमन्सका सदस्य विरेन्द शर्मा. गैर आवासीय संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार बिश्वो आदर्श पण्डित, गैर आवाशीय संघ बेलायतका अध्यक्ष्य मुछेत्र गुरुङ, संयुक राष्ट्र संघका अधिकारी बन्दना राणा, गुल्मी जिल्ला समाजका अध्यक्ष्य राम गलामी, पत्रकार महासंघका अध्यक्ष्य नरेश खपांगी मगर लगायत बिभिन्न पत्रकार, बुद्धिजीबी, ब्यबसायी तथा बेलायतका उच्च पदस्थ सैनिक अधिकृतहरु सहित करिब चार सय जनाको उपस्थिति रहेको कुरा सचिब कुमार के.सी.ले बताउनु भएको छ।

दोस्रो चरणको कार्यक्रम सयपत्री सांस्कृतिक समुहको सालैजो र कौडा नाचमा सबै सहभागी तथा अतिथिहरु छमछम नाचेर रमेका देखिन्थे । समाजका स्थानीय कलाकारहरु दिपक थापा, बिनि खनाल, रमा बनिया, पाउल गुरुङ तथा सेविका जी सी लगाएतका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने समाजका सांस्कृतिक सचिब सुनिता गौतम थापाले संचालन गरेका थिए। कार्यक्रममा राजदुत दम्पति पनि रमाई रमाई नाचेको देखिन्थ्यो।

निकै ब्यबस्थित रुपमा सम्पन्न उक्त च्यारिटी डिनर कार्यक्रममा सहभागीहरु तथा अतिथिहरुलाई प्रबेषद्वारमा नै फुलको गुच्छाले स्वागत, वेलकम द्रिंक, सबै सौजन्य्दाताहरु नाम र फोटो डिस्प्ले र हरेक सहभागीको टेबलमा नाम राख्ने जस्ता कुराहरु बिशेष आकर्षणको रुपमा चर्चा गरेको पाइन्थ्यो ।
15977044_10154915039114282_437835464069719676_n

15965519_10154915071394282_2566004628352812337_n

15965511_10154915042859282_8471223869330913278_n

16002748_10154915030239282_5436682135218256312_n