१३ बैशाख २०८१, बिहीबार
Follow Us

शीतलनिवासमा देउवा, ओली र पूर्वराजा ज्ञानेन्द्र बीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार ०८:१७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरीको विवाह समारोहमा भेला भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहसँग पूर्वप्रधानमन्त्रीद्धय केपी शर्मा ओली र शेरबहादुर देउवाले आज भेटवार्ता गरेका छन्।

रापूर्वराजा शाहले बेहुलाबेहुलीलाई शुभकामना तथा बधाई दिएका थिए। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको विवाह पूर्व राष्ट्रपति रामवरण यादवका नाती अभिषेश यादवसँग भएको हो । विवाह समारोहमा उपस्थित हुन अभिषेश बरियात लिएर बिहान नौ बजे शितलनिवास पुगेका थिए।

अहिले पूर्वराजा ज्ञानेन्द्र कमल थापा, पशुपतिशमेरलगायतका नेताहरुसँग भेटवार्तामा छन्। यसअघि पूर्वराजा शाहले राष्ट्रपति भण्डारीलाई बधाई दिएका थिए।

२० मिनेट शीतल निवासमा रहेका उनी मध्यान्ह १२ बजेर ५४ मिनेटमा शीतल निवासबाट बाहिरिएका थिए । हसिलो मुद्रामा शीतल निवासबाट बा ४ च ३८०७ नम्बरको गाडीमा उनी बाहिरिएका थिए । १२ बजेर ३४ मिनेट जाँदा उनी शीतलनिवास पसेका थिए ।

विवाहका लागि सिंगारिएको राष्ट्रपति निवासमा सामाजिक सुधार ऐन अनुसार ५१ जना मात्र जन्ती पुगेका थिए । शितलनिवासको कोशी हलमा सम्पन्न हुने विवाहमा थोरै मात्र आमन्त्रित सहभागी हुने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।