१५ चैत्र २०८०, बिहीबार
Follow Us

विमानस्थल सुनकाण्डको अनुसन्धान अन्तिम चरणमा

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १०:४६

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले त्रिभुवन विमानस्थलवाट चौतिस किलो सुन बरामद भएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको दाबी गरेको छ । तस्करीका क्रममा भरियामात्रै पक्राउ परेको भएपनि प्रहरीले त्यसमा सग्लन मुख्य गिरोहसम्म सार्वजनिक गर्ने गरि अनुसन्धान गरिरहेको छ । सुनसँगै पक्राउ परेका तीन जना अभियुक्तको बयानका आधारमा विमानस्थल भन्सारका दुई कर्मचारी र थप एक जना पक्राउ गरि छानविन प्रक्रिया अघि बढाइरहेको छ । अबैध कारोबारमा संलग्न कोहीले पनि उन्मुक्ति नपाउने दाबी प्रहरीको छ । ब्यूरोले भन्सार कर्मचारी, बिचौलियासँगै केही प्रहरी अधिकारीसम्मलाई अनुसन्धानको दायरामा राखेको छ । अनुसन्धान ब्यूरोले गत पुस २२ गते काठमाडौंको पिंगलास्थानबाट करिब ३४ किलो सुन सहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि भन्सार विभागले समेत आन्तरिक रुपमा छानविन अघि बढाइरहेको छ । प्रहरीले पनि तस्करको ठुलो समूहले भरियालाई बोकाएर सुन नेपालतर्फ ल्याएको हुनसक्ने आशंकामा छानविन अघि बढाइरहेको छ ।