१९ बैशाख २०८१, बुधबार
Follow Us

सिङ्गो बस्ती नै व्यक्तिको नाममा पास

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १०:५१

रौतहट । रौतहटको एउटा सिङ्गो बस्ती नै भूमाफियाले व्यक्तिको नाममा पास गराएको खुलासा भएको छ । जिल्ला मालपोत कार्यालयमा नक्कली नागरिकता र गाविसको किर्ते कागजात पेश गरी रौतहटको लक्ष्मीनीया गाविस दुई विजयपुरको झण्डै चार विगाह जग्गा ब्यक्तिको नाममा पास गराईएको हो । वर्षौदेखि हकभोग गर्दै आएको जग्गामा बनेका घर भत्काउन दवाब दिन थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । काठमाडौ जिल्ला अदालतको अधिकृत वारेशनामाको आधारमा सिङ्गो वस्ती नै फतुवा हर्षाहा ४ का नवलकिशोर राय यादवको नाममा पास गरिएका हो । स्थानीयबासीले किर्ते गर्नेलाई कारवाही गर्न माग गरेका छन् । भुमाफियाले २०३६ सालमा फतुवा हर्षाहा गाविसका बाढी पिडितका लागि उपलब्ध गराइएको जग्गा आफ्नो नाममा पास गरेका हुन् । मालपोत कार्यालयले भने काठमाडौं जिल्ला अदालतकै वारेसनामाका आधारमा प्रक्रिया पुरा गरेर जग्गा पास भएको दाबी गरेको छ । जिल्ला प्रशासन कार्यालयले भूमाफियाहरुले आफ्नो नाममा पास गराएर बिक्रि गर्न लागेको सोही बस्तीको थप २ विगाह ८ कठ्ठा जग्गा भने रोक्का गरेको छ ।