१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘तारेभीर’ आयो ‘निलो निलो खुला आकाश’ (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
३ माघ २०७३, सोमबार १३:४७

काठमाडौं । रिलिज मिति नजिकिँदै जाँदा चलचित्र ‘तारेभीर’ले युनिटले प्रचारप्रसारलाई पनि तिव्रता दिएका छन् । यसैक्रममा सोमबार चलचित्रको एउटा गीत यु–ट्युबमार्फत सार्वजनिक गरिएको छ । चलचित्रको ‘निलो निलो खुला आकाश’ बोलको गीतलाई सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा मीना सिंगकको शब्दरचना रहेको छ भने प्रकाश गुरुङको संगीत र रीमा गुरुङको स्वर रहेको छ । गोविन्द राईको नृत्य कोरियोग्राफी रहेको यस गीतमा नायिका रेखा फागोलाई नै फिचरिङ गरिएको छ ।
‘तारेभीर’ को निर्माण नेक्स्ट जेनेरेशनको व्यानरमा देउकृष्ण देवनले निर्माण गरेका हुन् । बरिष्ठ कलाकार समेत रहेको प्रेम सुब्बाद्वारा निर्देशित यो चलचित्रको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । तर,आउँदो चैत अन्तिमतिर रिलिज गर्ने लक्ष्य रहेको निर्माता देवनले बताए । उनका अनुसार सार्वजनिक रिलिज अगाडि केही स्थान र विदेशमा च्यारिटी शो हुनेछ ।
चलचित्रमा नेपाल स्टार विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित रानालगायतको मुख्य अभिनय रहेको छ भने बालकलाकारका रुपमा लसता श्रेष्ठले अभिनय गरेकी छन् । चलचित्रलाई नारीप्रधान भनिएको छ ।
https://www.youtube.com/watch?v=yr1P3UvQ5pg&feature=youtu.be&t=3