७ बैशाख २०८१, शुक्रबार
Follow Us

मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार ०५:५४

वीरगन्ज । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न सक्दैन भन्नुभयो ।
एक प्रश्नको उत्तरमा उहाँले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।