११ बैशाख २०८१, मंगलवार
Follow Us

भारतबाट फर्केपछि लोकमानले स्वतपत्र जारी गर्ने

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार ०६:००

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले अयोग्य भनेपछि पदमुक्त भएका अख्तियार पूर्वप्रमुख लोकमानसिंह कार्की भारत हिडेका छन् । भारतबाट फर्केपछि उनले स्वेतपत्र जारी गर्ने जानकारी निकटहरुमार्फत बताएका छन् । पदमुक्त हुनासाथ उनीमाथिको महाभियोग प्रस्ताव सेलाएको छ । महाभियोगमा मतदान भएको भए उनले संसदको रोष्टमबाट सफाई दिने मौका पाउने थिए र उनले भनेअनुसार नेताहरुलाई बस्त्रहीन पारिदिन सक्थे । अव त्यो अवसर उनले पाउने सम्भाबना देखिदैन । यसको बदलामा उनले निजी स्वेतपत्रमार्फत आफूमाथि लागेको कालो, कलंक धुने प्रयास गर्नेछन् । यसकारण लोकमानको स्वेतपत्र चर्चामा त छ तर स्वतेपत्रले तात्विक प्रभाव पार्ने देखिँदैन ।