१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कही नभएको जात्रा पर्यटन बोर्डमा — एनआरएन जापान

नेपालब्रिटेन डट कम्
४ माघ २०७३, मंगलवार १५:२५

लन्डन । अतिथी देवो भवः नारा सहित पर्यटन प्रर्वधनका लागि सकृय रुपमा लागेको गैरआवासीय नेपाली संघ, जापानले पर्यटन बोर्डप्रति असन्तुष्टी व्यक्त गरेको छ ।

संघका अध्यक्ष सुदन थापाले आफ्नो फेसबुक टाइमलाइन मार्फत नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको नामै किटेर बोर्डभित्र गाइजात्रा भएको बताएका छन् । उनले पोस्ट कार्ड छापेको भरमा संसारनै मैले गरे भनेर पयर्टन बोर्डले ठूल्ठूला कुरा गरेको आरोप समेत लगाएका छन् ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट निकट मानिने थापा पयर्टन बोर्ड माथि सार्वजानिक रुपमा खनिनुलाई जापानवासी नेपालीले अर्थपूर्ण रुपमा हरेका छन् । उपाध्यक्ष भट्टले पयर्टन बोर्डको सहकार्यमा नेपालमा बिभिन्न पयर्टन प्रर्वधन काम गर्दै आएका छन् ।
untitled
हेरौं थापाको असन्तुष्टी जस्ताको तस्तै

कतै नभएको जात्रा नेपाल पर्यटन बोर्डमा ! काम भन्दा फुर्ति बेपत्ता !!
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीजीलाई यो पनि थाहा रहेनछ THANK YOU JAPAN ,जापान फेस्टिवल काठमाडौँ लगायत कार्यक्रमको आयोजक NRNA जापान पनि हो भनेर !! केहि प्रति पोस्ट कार्ड छापेको भरमा संसारनै मैले गरे भनेर ठुलो ठुलो कुरा गर्ने नेपाल पर्यटन बोर्डलाई मेरो प्रश्न पटक पटक लिखित मौखिक रुपमा नेपाल र नेपालीको प्रतिष्ठासंग सरोकार राखेको नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना को ६० औ वर्ष गाठको अबसरमा NRNA जापान द्वारा आयोजित नेपाल फेस्टिवल २०१६ टोकियोलाई के कति कसरि सहयोग भएको थियो त्यो पनि जानकारी पाउन पाए हामी आभारी हुने थियौ !! प्रमुख कार्यकारी अधिकृत ज्यु साथमा नेपाल पर्यटन बोर्ड लाई पटक पटक दिएको लिखित र हजुरसंग फोन गरेको कल डिटेल पनि संगै हालौ कि ?? THANK YOU JAPAN मा नेपाल पर्यटन बोर्डले धरै खर्च गर्यो रे के के बुदामा कति खर्च भएछ ? आर्थिक सहयोग पनि गरेको बाहिर कुरा आएको छ कुन चरालाई आर्थिक सहयोग गरेको रहेछ? #पर्यटन मन्त्रालय

यसअघि बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीसंग जापानस्थित एक अनलाइन गरेको कुराकानी