८ बैशाख २०८१, शनिबार
Follow Us

पाल्पाली समाज युएईद्वारा राहत रकम सहयोग

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार ०६:११

रामपुर । पाल्पाली समाज युएईले दुबईमा ज्यान गुमाएका दुई युवाको परिवारलाई राहत रकम सहयोग गरेको छ । रोजगारीका लागि दुबई गएका रामपुर नगरपालिका–११ का बाबुराम विक र रामपुर–४ रजघराका माधव गैरेको परिवारलाई राहत रकम सहयोग गरेको हो ।
बाबुरामका छोरा रोशन र छोरी मनिषा विकको नाममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा रु ५०-५० हजारको अक्षयकोष स्थापना र काजक्रिया खर्चबापत रु २५ हजार गरी रु एक लाख २५ हजार रकम प्रदान गरेको छ ।
अर्का ज्यान गुमाएका माधवका ठूलोबुबा यज्ञमुक्ति घिमिरेलाई नगद रु ७५ हजार पाल्पाली समाज युएई फुजेराका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तीले राहतस्वरुप रकम बुधबार हस्तान्तरण गर्नुभयो । रोजगारका लागि दुबई गएका विकको गत भदौ महिनामा र गैरेको गत मङ्सिर ६ गते निधन भएको थियो ।