एनआरएनए महासचिवमा डा. हेमराज शर्मा र गुरुङ बीच प्रतिस्पर्दा हुदैं

काठमाण्डौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा बेलायतबाट डा. हेमराज शर्मा र बेल्जियमकी जानकि गुरुङ बीच भिडन्त हुने भएको छ । डा. शर्मासँगै महासचिवको दौडमा रहेका डिबी क्षेत्री र अमेरिकाबाट डा. केशव पौडेलले उम्मेदवारी नदिने भए पछि उनी र गुरुङ बीच प्रतिस्पर्दा हुने भएको हो । क्षेत्रीले शर्मालाई समर्थन गर्दै उम्मेदवारी नदिने निर्णय गरेका हुन भने पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । शर्माले यसअघि सात निर्देशक सिद्वान्तसहित महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका थिए। डा. शर्माले सबैको एनआरएनए, सबल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दीगो एनआरएनए, सीप, ज्ञान र नवप्रवर्द्धनका लागि एनआरएन तथा उत्तरदायी र पारदर्शी एनआरएनए गरी
More

एनआरएनए नयाँ नेतृत्वको लागि आज निर्वाचन, पन्त र आचार्य बीच भिडन्त

लण्डन । गैरआवासीय नेपाली संघको आगामि दुई वर्षे कार्यकालको लागि आज (वुधवार) निर्वाचन हुदैंछ । अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य बीच प्रतिस्पर्दा हुने भएको छ । यस्तै ४ उपाध्यक्ष पदको लागि डा. बद्री केसी, हिक्मत थापा, सोनाम लामा, धर्मराज अधिकारी, अर्जुन श्रेष्ठ, मन केसी, थर्क सेन, डा. केशव पौडेल, किरण बिक्रम थापा, रविना थापा लगायतले आकांक्षा देखिएका छन् । एक महिला उपाध्यक्षको लागि सपिला राजभण्डारीले उम्मेदवारी दिने तयारी गरेकी छन् । महासचिव पदमा यसअघि चर्चामा आएका डिबी क्षेत्री र डा. केशव पौडेल पछि हटे पछि संघका पूर्व प्रवक्ता डा. हेमराज शर्मा र जानकी गुरुङ बीच
More

एनआरएनको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी शुल्क दश लाख

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए । गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पु¥याइएको हो । अध्यक्षको दर्ता शुल्क रु १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को रु एक लाख तोकिएको छ । उहाँले सङ्घको भवन बनाउन र गोरखाको लाप्राक नमूना बस्ती बनाउन पैसा आवश्यक
More

फेरि समातिए सांसद

काठमाडौँ । जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ । जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । राजपाले भने पक्राउको विरोध गरेको छ । यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी
More

काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप

रौतहट । रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो । विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पु¥याइनुभएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताउनुभयो । अदालत परिसरबाट बाहिरिँदै गर्दा
More

महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडाैँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश दीपककुमार दाहालको इजालसले यही असोज १९ गतेदेखि लागू हुने गरी १३ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार निवर्तमान सभामुख महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा यही असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राख्न अनुमति दिएको थियो । निवर्तमान सभामुख महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखिएको छ ।
More

नेपाल प्रहरीमा दरबन्दी थपियो, कुन पदमा कति ?

काठमाडौँ । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने बताउनुभयो । नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल नेपाल प्रहरीमा ७५ हजार ९२७ दरबन्दी रहेको छ । थपिएको
More

एनआरएनए सम्मेलन सुरु

काठमाडौं : गैरआवासीय नेपाली (एनआरएनए) हरुको नवौं विश्व सम्मेलन सुरु भएको छ। विभिन्न देशमा बसोबास गरिरहेका १५०० भन्दा बढी गैरआवासीय नेपाली तथा सरकार, नीजि क्षेत्र विकास साझेदार तथा सरोकारवाला सहभागी विश्व सम्मेलनको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छ्न्। एनआरएनएको चुनावी रन्को : अध्यक्षमा कुल र कुमार भिड्दै एनआरएनएलाई सबैले अपनत्व महसुस गर्ने साझा संस्था बनाउँछु : कुल एनआरएनएको विश्व सम्मेलन आजबाट उद्‍घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताए। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरे। उनले एनआरएन समुदायको भावना अनुसार
More

हतियारसहित लागुऔषध कारोवारी पक्राउ

धरान : भारतीय रिभल्वर पेस्तोलसहित एकजना लागुऔषध कारोवारीलाई धरान प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले सुनसरीको कोसी गाउँपालिका-३ घर भएका २३ वर्षीय निरज कुमार राउतलाई पक्राउ गरेको हो। उनी लामो समयदेखि धरानमा लागुऔषध कारोवार गर्दै आएको बुझिएको छ। प्रहरीले उनको साथबाट ठूलो मात्रामा लागुऔषध बरामत गरेको छ । विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका १० स्थित बलबहादुरको घरमा डेरा गरी बस्दै आएका राउतको कोठामा छापामारी लागुऔषध र हतियार बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए । पक्राउ परेका राउतलाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमा सार्बजनिक गरेको हो । प्रहरीले राउतको कोठामा एउटा भारतीय
More

एनआरएनए महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि भनेर स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । होटल ह्यातमा हुने सम्मेलन ३० असोजसम्म सञ्चालन हुनेछ । एनआरएनएले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट महाधिवेशन उद्घाटन गराउने तय भएको जनाएको छ । हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार, एनआरएनएले नवौं महाधिवेशन गर्न लागेको हो । सिट ४२, आकांक्षी धेरै नवौं महाधिवेशनले आगामी कार्याकालका लागि नयाँ नेतृत्व चयनलगायतका महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । एनआरएनएमा अध्यक्षसहित कुल १२ पद छन् । यी पदहरूमा ४२ जना निर्वाचित गर्नुपर्ने विधानमा व्यवस्था छ । तर, सीमित पदहरूमा धेरैले
More

११० ट्याक्सी चालक नियन्त्रणमा

पोखरा । तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो। यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ
More

दरबारमार्गमा भीषण आगलागी

काठमाडौ ।काठमाडौँको दरवारमार्गस्थित भिक्ट्री क्लव रहेको भवनमा भीषण आगलागी भएको छ । आगलागीका कारण सो क्षेत्रको बातावरण तनावग्रस्त बनेको छ । आगलागी नियन्त्रणकालागि उपत्यका सबै दमकल अहिले आगलागी भएको क्षेत्रमा पुगेका छन । आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ । टिभि अन्नपूर्ण
More

चिनियाँ राष्ट्रपति सी जिन्पिङ : संबोधनको पूर्ण पाठ

काठमाडौं – मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् । चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुवीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के
More

अर्याल र सेजनलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार

अर्याल र सेजनलाई एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौं– गैर आवासीय नेपाली संघले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली संघका तर्फबाट प्रवक्ता भुषण घिमिरले शनिबार एक विज्ञप्ति जारी गर्दै ‘एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९’ अर्याल र सेजन लाई दिने निर्णय सार्वजनिक गरेका हुन् । गैरआवासीय नेपाली संघ वेलायतको सक्रियाता स्थापित पुरस्कारको राशि एक लाख रुपैयारहेको छ । पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक÷एक जना पत्रकार तथा संस्थालाई प्रदान गरिंदै आएको छ
More

दाइजोमा दुई लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या !

विराटनगर : दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ। विराटनगर-११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो। उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो। शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए। शव भारतमानै पोष्टमाटमका लागि राखिएको छ। पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए। उनी विहिबारबाट हराएको भन्दै रञ्जनाका श्रीमान भीमले माइतीमा खबर गरेका थिए। जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ।
More

राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई दैनिक ३०० भत्ता

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रमको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चवापत् दैनिक ३०० रुपैयाँ भत्ता पाने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामति कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३०० भत्ता ३ दिनको खाजा खर्च दिन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करीब १६ हजार जनशक्ति खटिएका थिए ।
More

चिनियाँ राष्ट्रपति सीले भने–नेपालमा रेल आउँछ

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लोओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् । नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओसनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । वार्तामा सहभागी एक मन्त्रीका अनुसार सीले केरुङ–काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यान केन्द्रित भइरहेको बताए । कान्तिपुर दैनिकमा यो खबर छ ।
More

नेपाल–चीन अब रणनीतिक साझेदार

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणले कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ । दुई देशबीच विकास र समृद्धिमा साझा रणनीति तय गर्न उपयुक्त हुने धारणा राख्दै ‘बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नैपर्ने’ अडान दोहोर्याएर सीले राजनीतिक वृत्तमा गतिलो सन्देश दिएका छन् । सीको भ्रमणपछि आइतबार अपराह्न परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त वक्तव्यमा नेपाल–चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न् सक्न्े साझा अभिमत अभिव्यक्त भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
More

करिब एक हजार अमेरिकी सैनिक सिरियाबाट फिर्ता गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी सिरियामा तैनाद करिब एक हजार सैनिकलाई फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन्। टर्कीको आक्रमणका कारण उत्तरी सिरियाबाट एक लाख ३० हजार कुर्द नागरिक विस्थापित भएको समाचार आइरहेका समय अमेरिकाको भनाई बाहिरिएको हो । आइतबार अमेरिकी रक्षा मन्त्री मार्क एस्परले भने, “राष्ट्रपति ट्रम्पले सिरियाबाट सेना फिर्ता गर्नका लागि निर्देशन दिनुभएको छ ।” करिब एक हजार अमेरिकी सैनिकलाई सिरियाबाट फिर्ता बोलाउन लागिएको उनले बताए । रक्षा मन्त्री एस्परले सीबीएसको फेस द नेसनसँगको कुराकानीमा भने, “अमेरिकी राष्ट्रिय सुरक्षा टोलीसँगको छलफलपछि मैले राष्ट्रपतिसँग शनिबार राति कुराकानी गरेँ । उहाँले विचारपूर्वक अमेरिकी सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउन
More

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुन्छ – प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बीचमा आएको महसुस हुने गरेको बताउनुभएको छ । काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।” चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उहाँले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भन्नुभयो । “अहिले
More