६ चैत्र २०८०, मंगलवार
Follow Us

हाम्रो बारेमा

आजको संसार संचारको संसार भइसकेको छ परेवादेखि इमेल इन्टरनेटसम्म आइपुग्दा संचार जगतले निकै फड्को मारिसकेको छ । संचारका विभिन्न माध्यामहरुमध्ये विगत केहि समयदेखि इमेल इन्टरनेटले अत्यन्तै लोकप्रियता कमाइसकेको छ । विकसित देशहरुमा त यो मानव समुदायका लागि आधारभूत आवश्यकताको वस्तु नै भैसकेको छ भने नेपालजस्ता विकासोन्मुख देशहरुमा पनि यसको लोकप्रियतामा बृद्वि हुँदै जानुका साथै जनतामा यसको पहुँचमा पनि बृद्वि हुँदै गएको छ । रेडियो टेलिभिजनमा प्रसारण हुने समाचार (सामाग्री) प्रसारणको समयमा नै सुन्नु हेर्नु पर्ने, पत्रपत्रिकाको समाचार अत्यन्तै ताजा बन्न नसक्ने तर समाजमा घटनाहरु निरन्तर भैरहने अर्थात् समाचार पलपलमा बन्ने भएकाले यी संचारका माध्यमलाई विस्तारै अनलाइन पत्रिकाले छायाँमा पार्दै गएको अवस्था पनि विद्यमान छ । नेपालको सन्दर्भमा उल्लेख्य रुपमा अनलाइन पत्रिकाहरु नभएका कारण विदेशमा रहेका नेपाली तथा नेपालप्रति चासो राख्नेहरु सूचना प्राप्त गर्न नसकिरहेको यथार्थ पनि हामीसामू रहेको छ । यस्तो परिप्रेक्ष्यमा बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुका माझमा www.nepalbritain.com नामक यस अनलाइन पत्रिकाको माध्यमबाट नेपालको विभिन्न आन्तरिक कारणबाट जन्मभूमि छाडेर विदेशमा रहेका सम्पूर्ण नेपालीहरु, नेपालमै रहेका आम समुदाय तथा नेपालप्रति चासो राख्नेहरुको सुसूचित हुने अधिकारलाई हृदयंगम गरी सुसूचित गराइरहने प्रतिबद्वता जाहेर गर्दै तपाइहरुमाझ आउन पाउँदा यस संस्था आफू गौरवान्वित भएको महशुस गर्दछ । ताजा-ताजा समाचार, मनोरञ्जनात्मक समाचार, खेलकुद लगायतका हरेक विधामा निष्पक्ष रुपमा निर्धक्क भएर यथार्थ समाचार तपाईहरुमाझ ल्याउने दिशामा हाम्रा प्रयासहरु निरन्तर जारी रहने कुरामा विश्वास दिलाउन चाहन्छौ ।


Editorial Team : 

Founder Chairman: Chiranjibi Dhakal
Founder Chief Editor: Chiran Sharma
Sub-Editor: Dharmaraj Adhikari
News Coordinator (USA): Kiran Marahatta
Reporter (Nepal): Saru Paudel

Multi Media Editor : Meelan Sharma

Contact: [email protected], [email protected]

Loading