Archives for कला तथा मनोरन्जन

कपिल शर्मा शो सिजन २ पुनः कमब्याक

चर्चित भारतीय कमेडियन कपिल शर्मा टिभीमा पुनः धमाकेदार प्रस्तुतीका साथ कम ब्याक हुने भएका छन्। उनी नयाँ वर्ष २०१८ मा द कपिल शर्मा शो सिजन २ कार्यक्रम लिएर पुनः टिभीमा आउन लागेका हुन्। २०१७ मा कपिललाई लिएर विभिन्न विवाद आएको थियो। त्यस बखत उनको कार्यक्रमलाई बन्द गराइएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार कपिल २०१८ मा एक पटक दर्शनले फेरी मनोरञ्जन लिन पाउने भएका हुन्। नयाँ शो का लागि कपिलले तयारी समेत सुरु गरिसकेका छन्। उनले अब उक्त शो को प्रोमो छायांकन गर्ने तयारी गरिरहेको समाचारमा जनाइएको छ। उनले जनवरीको पहिलो हप्तामा प्रोमोको छायांकन गर्ने बताइएको छ। कपिलको कम ब्याक शोमा कुन
More

सलमान खान नेपाल आउनेमा आशंका

लण्डन । बलिउठ अभिनेता सलमान खान आगामी फाल्गुण महिनामा नेपाल उत्रिने हल्ला चलाए पनि उनको गामनको बारेमा आशंका उब्जिन थालेका छन् । ओडीसी समूहले खानलाई नेपाल ल्याउने सहमतिपत्रमा हस्ताक्षर गरेको दावी गरे पनि ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुगंको विगतको गतिविधी हेर्दा कतिपयले सलमान खानको कार्यक्रम चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलो जस्तै हविगत हुने भएको हो । १३ मार्च २०१३ मा “दीप पर्पल लाईभ ईन नेपाल‘ गर्ने भन्दै ओडीसीले ५ सय देखी दश हजार सम्म टिकट बिक्री गरी ठगी गरेको थियो । सम्बन्धी निकायले ध्यान नदिदा सर्बसाधारणको करोडौं रुपैंयामा ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुङले मोजमस्ती गरेका थिए । उनै सिमान्त गुरुङ प्रवन्ध
More

अनमोललाई ५० लाखको अफर

पैसाको लोभमा भन्दा पनि राम्रो कथा भेटेमात्र फिल्म साइन गर्ने अनमोललाई केहीदिन यता नेपाली निर्माताहरुले ५० लाखसम्म अफर गरेको चर्चा सिनेवृतमा छ । झरना थापाका श्रीमान सुनिल कुमार थापा, छविराज ओझाका छोरा साकार ओझा, ‘झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवार, ‘कृ’ निर्देशन सुरेन्द्र पौडेल लगायतका निर्माता तथा निर्देशकले अनमोललाई ५० लाखसहित फिल्म अफर गरेका थिए । तर, यस विषयमा मौन रहेका अनमोलले शुक्रवार आफू अभिनीत फिल्म ‘कृ’को ट्रेलर रिलिज कार्यक्रममा मुख खोले । पत्रकारको प्रश्नको जवाफ दिँदै अनमोलले भने, ‘हो, म सधै यस्ता कुराहरुमा मौन नै रहने गर्छु । मलाई के लाग्छ भने म आफू कामले प्रमाणित गर्न चाहन्छु । पैसा मेरो
More

न्युयोर्कमा नेपाली कविता

न्यूयोर्क । न्यूयोर्कको ज्याक्सन हाइट्समा प्रवासी नेपालीहरुका बीच खुल्ला कविता प्रतियोगिता सम्पन्न भयको छ। उक्त प्रतियोगितामा पोखराका सुरेन्द्र बास्तोला प्रथम भएका छन्। उक्त प्रतियोगिताको जज नेपाल जेसीआइका रमेश अधिकारी र कवी कुन्ती थापाले गरेका थिए। वेलुकी ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो। अनु खड्काले उद्घोषकको भूमिका निभाएको उक्त कार्याक्रममा जेसीआइका रमेश अधिकारीले व्यावसायिक छलफल चलाएको थिए। कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान समेत गरिएको थियो। त्यस्तै खेम भट्टलाई सत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै पावर न्युजले रिकगनिसन अवार्ड समेत प्रदान गरेको थियो।
More

हङकङको सुन्दर प्रकृतिमा प्रकृति–हेमराज (फोटो फिचरसहित)

काठमाडौं । गायिका प्रकृति थलङले आफ्नो एउटा इच्छा पूरा गरेकी छन् । हालै हङकङको सुन्दर प्रकृतिसँग रमाएर फर्केकी प्रकृतिको एउटा इच्छा थियो, ‘हङकङको रमणीय प्रकृतिसँग रमाउँदै आफ्नो गीतको भिडियोमा मोडलिङ गर्ने ।’ उनले त्यही आफ्नो रुचि ‘यति मनराउँछु म’ गीतबाट पूरा गरेकी छन् । हो, ‘यति मनराउँछु म’ गीतको छायांकन यसै साता हङकङको विभिन्न सुन्दर स्थानहरुमा छायांकन गरिएको छ । सुरिलो स्वरकी धनी प्रकृतिले आफ्नो गीतको भिडियोमा मोडलिङ गरेपछि भनिन्, ‘मलाई मोडलिङमा सौख त छैन । तर, हङकङको रमणीय स्थलहरुमा आफ्नो गीतमा अभिनय गर्ने रुचि भने थियो ।’ त्यो रहर र इच्छा उनले हङकङमा आयोजित सांगीतिक कार्यक्रमको दौरानमा पूरा गरेकी
More

लिभरपुलमा सम्झिए नारायण गोपाल

लण्डन । सबैको ध्यान नेपालमा भैरहेको निर्वाचन तिर भैरहेको वेला वेलायतस्थित लिभरपुलमा रहेको नेपाली समूदायले भने स्वरसम्राट नारायण गोपाललाई सम्झिन भ्याए । लिभरपुल नेपाली समाज बेलायतलेमंगलवार आयोजना गरेको कार्यक्रममा नारायण गोपालका कालझै गीत प्रस्तुत गरियो । कार्यक्रममा गायक उज्वल भण्डारीले स्वरसम्राट नारायण गोपालका सुमधुर गीतहरु गायर मनोरन्जन दिलाए । कार्यक्रममा अन्य स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रम निकैनै रोमाञ्चक रहेको र साच्चि नै नारायण गोपालको सम्मान भएको उपस्थित सहभागीहरुले बताए। कार्यक्रमका संयोजक शिवराज पन्तले कार्यक्रमबाट संकलित रकम लिभरपुल नेपाली समाजका अन्य संगित गतिविधिमा प्रयोग गरिने जानकारी दिए। समाजका अध्यक्ष डा. शम्भु आचार्यले नारायण गोपालले नेपालको सांगित क्षेत्रमा गरेको
More

एफ्सी केन्ट गोर्खा भेटरेनले च्यारीटी डिनर नाईट गर्दै

सुरेन्द्र इङ्नाम– केन्ट । एफ्सी केन्ट गोर्खा भेटरेन बेलायतले नेपालमा गएर च्यारिटी फुटबल खेल्ने योजना गत २३ जुलाई २०१७ को दिन बनाए लगत्तै रकम संकलनको लागी मेडिस्टन, बेलायतमा यहि आउदो ८ डिसेम्बर २०१७ को दिन एक च्यारीटी डिनर नाईटको आयोजना गरेको हो । नेपालीहरुले बेलायती सेनामा २०० वर्ष लामो काम गरेको ईतिहाँस सँगै सन २००७ बाट बेलायतमै बस्न पाउने अधिकार पाए यता आफ्नो संस्कार संस्कृति, भाषा तथा नयाँ र पुराना पुस्तालाई जोडेर राख्न साथै कामलाई एकछिन छाडेर समाजमा घुलमिल गराउन या हुनलाई यस क्लबको स्थापना सन २०१४ मा भएको हो । यहि आउदो फरवरी २० देखि ९ मार्चभित्र काठमाण्डै र
More

कागजपत्रको फस्ट लुक

हाल धमाधम छायांकन भइरहेको फिल्म ‘कागजपत्र’मा अभिनय गरेका कलाकारहरुको फस्ट लुक सार्वजनिक गरिएको छ । फिल्ममा नाजीर हुसैन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, खिलेन्द्र तिमल्सिना लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको निर्माण यूनिटले छायांकन स्थलबाटै कलाकारको लुक्स सार्वजनिक गरेको हो । ‘कागजपत्र’को हाल दाङको तुलसीपुरमा छायांकन भइरहेको छ । सामजिक प्रेमकथामा बनिरहेको फिल्मलाई अपिल विष्टले निर्देशन गरिरहेका छन् । फिल्मको कथा पनि अपिल विष्ट आफैले लेखेका हुन् । ‘कागजपत्र’का छायाँकार अस्ट्रेलियन सिनेम्याट्रोग्राफर क्यश्मिर डिक्सन हुन् । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रा.लिको प्रस्तुति रहेको ‘कागजपत्र’लाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजापति सिवाकोटी, सुदिप उप्रेती र मनिष खत्रीले संयुक्त रुपमा निर्माण गरेका
More

तायाहाङ्माको ‘आमा मेरी आमा…’ (भिडियो)

काठमाडौं । गायिका तायाहाङ्मा राई श्रोता तथा दर्शकमाझ मार्मिक गीत तथा भिडियो लिएर आएकी छन् । तायाहाङ्माले ‘आमा मेरी आमा’ बोलको गीत एवं भिडियो सार्वजनिक गरेकी हुन् । आमाप्रति समर्पित यस भिडियोलाई तायाहाङ्माले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतसंगीत क्षेत्रमा ८ वर्षयता निरन्तर साधनारत यी गायिकाको पछिल्लो गीत ‘कोही छ’ चर्चामा आएको थियो । नर्सिङ पढ्दा पढ्दै गायनमा लागेकी तायाहाङमाले रेडियो नेपालबाट २०६७ सालमा आधुनिकतर्फ स्वर परीक्षा पास गरेकी थिइन् । यहाँसम्म आइपुग्दा तायाहाङ्माले थुपै्र गीत गाइसकेकी छन् । तर, हालै सार्वजनिक गीत अर्थात् ‘आमा मेरी आमा’ निकै मर्मश्पर्शी तथा मनछुने छ । फरकशैलीमा निर्माण गरिएको यस भिडियोमा
More