Archives for खेल

फाइनल लक्ष्यमा नेपाली टोली

काठमाडौं–नेपाल थाइल्यान्डमा जारी एसिसी यु–१६ च्याम्पियनसिपमा उत्कृष्ट प्रर्दशन गर्ने टोली हो । समूह ‘ए’ का सबै तिन खेल जितेर सेमिफाइनल पुगेको नेपालले शनिबार(आज) टे«डथाई क्रिकेट मैदानमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको नतिजा हेर्ने हो भने मलेसिया नेपालका लागि कठिन प्रतिद्वन्द्वी होइन । नेपालले हरेक खेलमा विपक्षीलाई खेलअघि नै मानसिक रुपमा दबाब दिएर खेल्ने गरेको छ । नेपालसँगको खेललाई हरेक टोलीले चुनौतीका रुपमा लिने गरेका छन् । तर नेपाल आज मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले समूह चरणको पछिल्लो खेलमा म्यानमारलाई ३ सय ३७ रनको फराकिलो अन्तरले हराउन सफल भएको थियो । जुन नतिजा प्रतियोगिताकै सर्बाधिक फराकिलो हार
More

पेनाल्टी मार्फत नेइमारको गोल

फ्रेन्च लिग वान फुटबलमा मोनाकोसँगको खेलमा लिग लिडर पेरिस सेन्ट-जर्मेन पिएसजी विजयी भएको छ। लिग अन्तर्गत गएराति अवे मैदानमा भएको खेलमा मोनाकोलाई २-१ ले हराउँदै पिएसजीले दोस्रो स्थानको लियोनसँगको अंक दूरी ९ पुर्‍याएको हो। पिएसजीको जितका लागि एडिसन काभानी र नेइमारले एक एक गोल गरे। मोनाकोका लागि जोएओ माउटिन्होले एक गोल फर्काए। १९ औं मिनेटमा काभानीको गोलबाट पिएसजीले पहिलो हाफमा १-० को अग्रता लियो। ५२ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नेइमारले पिएसजीका लागि गोल गरे। ८१ औं मिनेटमा माउटिन्होले मोनाकोलाई एक गोल फर्काए। जितपछि पिएसजीको १४ खेलबाट ३८ अंक भएको छ। दोस्रो स्थानको लियोनको २९ अंक छ। -डिसी नेपालबाट
More

एशिया छनोट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । यस जितसँगै चार खेल खेलेको नेपालको चार
More

बार्सिलोना गोलरहित बराबरी

बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा अर्को गोलरहित बराबरी खेलेको छ । यद्यपि अन्तिम १६ मा भने स्थान बनाएको छ । टुरिनमा युभेन्टसविरुद्ध उत्रँदा लिओनल मेस्सीलाई बेञ्चमा राखिएको थियो । उनी ५६ औं मिनेटमा जेरार्ड डोलिफेउको स्थानमा मैदान प्रवेश गरेपनि टोलीलाई जिताउन सकेनन् । बार्सिलोनाले अक्टोबरमा ओलम्पिकासविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो पछिल्लो पाँच वर्षमा बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणमा गोल गर्न असफल भएको पहिलो पटक थियो । बुधबार राति टुरिनमा दोहोरियो । यद्यपि खेललाई आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले अवसरहरु थुप्रै सिर्जना गरेको थियो । पछिल्लो पटक गत सिजन च्याम्पियन्स लिगको क्वाटर फाइनलका पहिलो लेगमा युभेन्टससँग उसकै घरेलु मैदानमा खेल्दा
More

अष्ट्रेलियाका फुटबल प्रशिक्षकद्वारा राजिनामा

अष्ट्रेलियाका फुटबल प्रशिक्षक एन्ज पोस्तेक्ग्लुले राजिनामा दिएका छन् । उनकै प्रशिक्षणमा अष्ट्रेलियाले एक साता अघि रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाएको थियो । प्ले-अफमा होण्डुरसलाई ३-१ ले हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट भएको थियो । ५२ वर्षीय एन्जले राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी आफ्नो लागि भारी भएको र अब आराम गर्नका लागि राजीनामा दिएको बताएको बीबीसीले लेखेको छ । उनी सन् २०१३ देखि अष्ट्रेलियाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक रहँदै आएका थिए । उनले टिम सम्हालेपछि अष्ट्रेलिया ४९ मध्ये २२ खेलमा विजयी भएको छ । २०७४ मंसिर ६ गते – अनलाइन खबरबाट ।
More

बार्सिलोनाले कोन्टिन्होलाई क्लबमा भित्र्याउँदै

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलका प्ले मेकर फिलिप कोन्टिन्होलाई क्लबमा भित्र्याउन लागेको छ। बार्सिलोनाले आफ्नो क्लबमा भित्र्याउनका लागि कोन्टिन्होलाई दिन लागेको रकम प्रति बार्सिलोनाकै स्टार स्ट्राइकर लियोनल मेस्सी दुख व्यक्त गरेका छन्। क्लबले कोन्टिन्होलाई वर्षको २५ मिलियन युरोमा सम्झौता गर्न लागेको बीबीसीले जनाएको छ। उक्त रकम प्रति लियोनल मेस्सीले आपत्ति जनाएका समाचारमा उल्लेख छ। जुन रकम बार्सिलोनामा मेस्सीपछिको धेरै हो। गएको ट्रान्सफर विन्डोमा तीनपटकसम्मको प्रयासमा पनि बार्सिलोना कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको थिएन। लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप कोन्टिन्होलाई क्लबमै राख्ने वातावरण बनाउन हर सम्भव प्रयास गरेका थिए। क्लबमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका इनिएस्टा, पिके,
More

चुनावमा खेलकुद क्षेत्रका को–को उठे

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रतिस्पर्धाका लागि खेलकुद पदाधिकारी, ओलम्पियन र खेलाडीसम्मका व्यक्तित्वले उम्मेदवारी दिनुभएको छ । खेलकुद क्षेत्रबाट प्रतिनिधिसभाको चुनावमा उठ्ने मध्येका एक हुनुहुन्छ, युवा तथा खेलकुदमन्त्री राजेन्द्र केसी । उहाँ काठमाडौँ क्षेत्र नं १० बाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । विसं २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराउनुभएको सन्दर्भले निकै चर्चा बटुलेको थियो । अहिले केसीको प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादी केन्द्रका हितमान शाक्य हुनुहुन्छ । “राष्ट्र निर्माण र खेलकुद क्षेत्रको विकासका लागि सदैव समर्पित भएर लाग्छु,” उहाँले भन्नुभयो । त्यस्तै, नेपाल
More

रुसमा हुने विश्वकपका लागि अष्ट्रेलिया छनोटमा

कार्तिक २९, २०७४-कप्तान माइल जेडिनाकले दोस्रो हाफमा गरेको ह्याट्रिक मदतले अस्ट्रेलियाले दोस्रो लेगको प्ले अफमा बुधबार होन्डुरसलाई ३–२ ले हरायो र अर्को वर्ष रुसमा हुने विश्वकपका लागि छनोट भयो । एस्टन भिल्ला मिडफिल्डर जेडिनाकले ५४ औं मिनेटमा फ्रि–किकबाट पहिलो गोल गरे । त्यसयता १३ मिनेटको अन्तरमा दुई पेनाल्टीलाई गोलमा परिणत गरे । होन्डुरसका तर्फबाट खेलको अन्त्यतिर अल्बर्टो एलिसले एक गोल फर्काए । खेल समाप्त भएलगत्तै सिड्नी ओलम्पिक स्टेडियममा उपस्थित ७७ हजार दर्शकमाझ खुसीयाली छाएको थियो । सान पेड्रो सुलामा भएको पहिलो लेगको खेल गोलरहित बराबरीमा टुंगेयता दोस्रो लेगको जितपछि अस्ट्रेलिया ३–१ को निर्णायक जित हात पार्न सफल रह्यो । अस्ट्रेलिया
More

अनिल गुरुङबाट सन्न्यास

काठमाडौं । फिलिपिन्सविरुद्धको खेलसँगै ५०औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षीय नेपाली टोलीका स्ट्राइकर अनिल गुरुङले आज अन्तर्राष्ट्रिय फुटबल खेल जीवनबाट सन्न्यास लिनुभएको छ । खेलको ८२ औँ मिनेटमा सुजल श्रेष्ठको ठाउँमा मैदान प्रवेश गर्नुभएका उहाँलाई एन्फाले आज एक समारोहवीच बिदाइ गरेको छ । दशवर्षे आफ्नो खेल जीवनमा अनिलले आजको खेलसँगै ५० औँ अन्तर्राष्ट्रिय खेल पूरा गर्नुभयो । आफ्नो खेल यात्राभर उहाँले अहिलेसम्म १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । सन् २००७ मा ओमनविरुद्वको अन्तर्राष्ट्रिय खेलबाट डेब्यु गर्नुभएका अनिलले सन् २००८ मा नेपालमा नै भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गर्नुभएको थियो । त्यस्तै सन् २०१३ को साफ च्याम्पियनसिपमा उहाँले भारतविरुद्धको
More

नेपाल यु–१९ एसिया कपको सेमिफाइनलमा

काठमाडौं । मलेसियामा सञ्चालन भइरहेको यु–१९ एसिया कपको सेमिफाइनलमा नेपाल पुगेको छ । नेपालले अब समूह ‘ए’ को शीर्ष विजेता अफगानिस्तानसँग फाइनल प्रवेशका लागि विहीबार खेल्नुपर्ने छ । समूह ‘बी’ बाट नेपालले दुई खेल जितेर सेमिफाइनलमा पुगेको हो । नेपालले भारत र आयोजक मलेसियालाई पराजित गरेर समूहमा ४ अंक जोडेको थियो । यही समूहमा तीनवटै खेल जितेर ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा रह्यो ।
More