Archives for ब्रिटेन

राजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता

लन्डन – बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ। केन्सिङटन प्यालेसले दिएको जानकारी अनुसार अन्तवार्ता टोरेन्टोमा लिइने छ । अन्तरवार्ता खेलकुदका विषयवस्तुमा केन्द्रित रहने छ। उनले घाइते सेनाहरुको बारेमा क्याम्पेन चलाइरहेका छन्। र उनको उनले ओवामासँग पनि यही सन्दर्भमा कुराकानी गरेका हुन्। राजकुमार ह्यारीले आगामी मे १९ मा आफ्नी प्रेमिका मेघानसँग विवाह गर्ने छन्। उनीहरु बीच गत नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो। उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसरमा हुने जानकारी केन्सिङटन प्यालेसले दिएको छ। उनीहरु सन् २०१६ देखि प्रेममा थिए। राजकुमार ह्यारी तथा पूर्व राष्ट्रपति ओबामाको
More

एनआरएन यूकेको १ सय दिन सफल

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार, मानार्थ परिषदको सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरुलाई सम्मान गरियो । त्यस्तै, एनआरएन यूकेको कोअप सदस्यमा मनोनित हुनेहरुलाई प्रमाणपत्र पनि वितरण गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूकेका पूर्व अध्यक्षद्धय सुर्य गुरुंग र
More

सलमान खान नेपाल आउनेमा आशंका

लण्डन । बलिउठ अभिनेता सलमान खान आगामी फाल्गुण महिनामा नेपाल उत्रिने हल्ला चलाए पनि उनको गामनको बारेमा आशंका उब्जिन थालेका छन् । ओडीसी समूहले खानलाई नेपाल ल्याउने सहमतिपत्रमा हस्ताक्षर गरेको दावी गरे पनि ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुगंको विगतको गतिविधी हेर्दा कतिपयले सलमान खानको कार्यक्रम चर्चित अन्तर्राष्ट्रिय डीजे मार्समेलो जस्तै हविगत हुने भएको हो । १३ मार्च २०१३ मा “दीप पर्पल लाईभ ईन नेपाल‘ गर्ने भन्दै ओडीसीले ५ सय देखी दश हजार सम्म टिकट बिक्री गरी ठगी गरेको थियो । सम्बन्धी निकायले ध्यान नदिदा सर्बसाधारणको करोडौं रुपैंयामा ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुङले मोजमस्ती गरेका थिए । उनै सिमान्त गुरुङ प्रवन्ध
More

प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न

लण्डन । नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएर रहेको नेपाली बौद्धिक समुदायले नेपाललाई सहयोग गर्न तत्परता देखाएको छ । प्राध्यापक डा सुर्य सुवेदीले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा डोर्याउने अभियानमा सहयोग गर्न बौद्धिक समुदाय तयार रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनपछि देशमा लामो राजनीतिक सक्रमणको अन्त्य भएको र धेरै उतारचढावहरुपछि देशमा लोकतन्त्रको नयां युगको सुरुआत भएको ठहर वक्तव्यमा छ । मुलुकलाई राजनीतिक स्थिरता दिने, आर्थिक समृद्धिमा अगाडि बढाउने, लोकतन्त्र विधीको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढिकरण गर्ने लगायतका चुनौतिहरुलाई सामना गर्ने कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गरी सहयोग गर्न आफु र
More

राजकुमार ह्यारीको बिहेको मिति तोकियो

लण्डन । बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ । अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उहाँहरूको औपचारिक विवाह हुने मिति तय भएको हो । केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उहाँहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ । वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो । उहाँहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिबारसँगै
More

नेपालमा लगानी भित्राउन लण्डन दूतावासको सकृयता

लन्डन । नयाँ सरकार गठन पछि नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको बताइरहंदा लन्डनमा सम्पन्न व्यापार तथा लगानी विषयक एक सेमिनारमा सहभागीहरुले नेपालमा लगानीको लागि आब्हान गरेका छन् । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा सहभागीहरुले नेपालमा राजनैतिक स्थिरतको बाटो खुलेको भन्दै लगानीको लागि आव्हान गरेका हुन् । बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी उक्त कार्यक्रममा बिएनसीसी अध्यक्ष राजन कंडेलले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गरे । उनले नयाँ बन्दै गरेको सरकारका प्रमुख साझेदार पार्टीहरु समेत नेपालमा लगानीको लागि सकरात्मक रहेको वताए । उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड
More

क्यान्सर पीडितलाई गुल्मी समाजको आर्थिक सहयोग

लन्डन– सामाजिक अभियन्ता गंगा रायमाझीकी आमाको उपचारका लागि बेलायतबाट सहयोग गरिएको छ । गुल्मी स्थित आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझीकी क्यान्सर पीडित आमाको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग गरिएको छ । गुल्मी जिल्ला समाज यूकेको सहयोगमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापाको संयोजनमा बेलायतमा संकलन गरिएको २ लाख ८४ हजार रुपैयाँको सहयोग रायमाझीलाई प्रदान गरिएको छ । समाजका सल्लाहकार क्याप्टेन रिटायर्ड टामबहादुर ढेगा मगरले सो रकम बुटवलमा रायमाझीलाई हस्तान्तरण गरेका छन् ।
More

लन्डनमा व्यापार तथा लगानी सेमिनार

लन्डन । नेपाल आर्थिक समृद्धिको बाटोमा उन्मुख भएको 
बताइरहंदा लन्डनमा व्यापार तथा लगानी विषयक एक सेमिनार हुने भएको छ । लन्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा बिहीबार सांझ कार्यक्रम गर्न लागिएको हो । बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी हुने उक्त कार्यक्रममा नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा 
गरिने बिएनसीसी अध्यक्ष राजन कंडेलले जानकारी दिए । सेमिनारमा भारतीय मुलका ब्रिटिश व्यापारीको उल्लेख्य सहभागिता हुने कंडेलले बताए । उक्त सेमिनारमा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की प्रतिनिधि जेनिफर नेल्सन, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कंडेल लगायतले
More

‘नेपाली समुदायको हितका लागि समर्पित अभियन्ताहरुलाई ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान’

लन्डन । बेलायतमा रहेका नेपाली तथा बेलायती अभियन्ताहरुलाई विशेष सम्मानको तयारी भएको छ । नेपाल र नेपाली समुदायको वृहत्तर हितका लागि समर्पित अभियन्ताहरुलाई ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ प्रदान गर्न लागिएको हो । बक्स अफिस इन्टरनेशनल ग्रुपका तर्फबाट युवा पत्रकार रामबहादुर सुवेदी (आर के सुवेदी) ले उक्त सम्मान प्रदान गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रम २६ डिसेम्बर सांझ सि एण्ड एल कन्ट्री क्लब वेष्ट इन्ड रोड, नर्थहोल्टमा हुनेछ । नर्थफिल्डस्थित काठमाडौं कुजिन रेष्टरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतका अभियन्ताहरुलाई सम्मान गर्न लागेको बताए । सुवेदीले युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि
More