Archives for ब्रेकिङ न्युज

राजकुमार ह्यारीले लिए ओवामाको अन्तर्वार्ता

लन्डन – बेलायती राजकुमार ह्यारीले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिने भएका छन्। ह्यारीले लिएको उक्त अन्तर्वार्ता २७ डिसेम्बरमा सार्वजनिक हुने जनाइएको छ। केन्सिङटन प्यालेसले दिएको जानकारी अनुसार अन्तवार्ता टोरेन्टोमा लिइने छ । अन्तरवार्ता खेलकुदका विषयवस्तुमा केन्द्रित रहने छ। उनले घाइते सेनाहरुको बारेमा क्याम्पेन चलाइरहेका छन्। र उनको उनले ओवामासँग पनि यही सन्दर्भमा कुराकानी गरेका हुन्। राजकुमार ह्यारीले आगामी मे १९ मा आफ्नी प्रेमिका मेघानसँग विवाह गर्ने छन्। उनीहरु बीच गत नोभेम्बरमा इन्गेजमेन्ट भएको थियो। उनीहरुको विवाह सेन्ट जर्ज चापेल विन्डसरमा हुने जानकारी केन्सिङटन प्यालेसले दिएको छ। उनीहरु सन् २०१६ देखि प्रेममा थिए। राजकुमार ह्यारी तथा पूर्व राष्ट्रपति ओबामाको
More

एनआरएन यूकेको १ सय दिन सफल

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ । एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार, मानार्थ परिषदको सदस्य तथा कोअप आइसिसी सदस्यमा मनोनित हुनेहरुलाई सम्मान गरियो । त्यस्तै, एनआरएन यूकेको कोअप सदस्यमा मनोनित हुनेहरुलाई प्रमाणपत्र पनि वितरण गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन यूकेका पूर्व अध्यक्षद्धय सुर्य गुरुंग र
More

कांग्रेसका यी पुराना नेताको राजनीति समाप्त

काठमाडौं । २०४८ सालदेखि नै हरेक निर्वाचनमा लगातार उम्मेदवार भइसकेका नेपाली कांग्रेसका नेताहरु ६५ वर्ष उमेर नाघिसकेका छन् । उनीहरुको यो निर्वाचनसँगै राजनीतिमा करिब करिब पूर्णविराम लागेको छ । सम्भवतः अबको पाँच वर्षपछि हुने निर्वाचनमा उनीहरूले उम्मेदवार बन्ने अवसर पाउने छैनन् । २०४८ सालदेखि नै जिल्ला तथा आफ्नो निर्वाचन क्षेत्रको पार्टी राजनीतिमा एकाधिकार जमाएका बुढा नेताहरू विस्थापित हुनु नेपाली कांग्रेसका लागि सकारात्मक हो । यसपटक चुनावमा पराजय हुनु भनेको पाँच वर्षका लागि थान्को लाग्नु हो । विशेष परिस्थितिमा बाहेक सामान्यतः ६५ वर्ष उमेर नाघेपछि मन्त्री र सांसद बन्नैका लागि चुनाव लड्ने परम्परा विश्वमा कहीँ पनि छैन । भर्खर सम्पन्न निर्वचनमा
More

कमल थापाको भूमिका यो देशले बुझ्न सकेन : राजेन्द्र लिङ्देन, सांसद राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित एक मात्र सांसद राजेन्द्र लिङदेनले आफू एमालेमा प्रवेश गर्ने चर्चा निराधार भएको बताएका छन् । लोकतान्त्रिक गठबन्धनले झापामा धोका दिएकाले बाम गठबन्धनको सहयोगमा आफूले चुनाव जितेको सांसद लिङदेनले बताए । पार्टी अध्यक्ष कमल थापाको भूमिका यो देशले बुझ्न नसकेकाले राप्रपा पराजयको भएको निष्कर्ष उनले निकालेका छन् । यिनै विषयमा हेमप्रकाश वलीले लिङदेनसँग गरेको कुराकानी ० तपाईंलाई बधाइ दिन पार्टी अध्यक्ष झापा नै पुग्नुभयो नि ? – हो, भर्खरै बधाइ कार्यक्रम सम्पन्न भयो । ० पार्टी अध्यक्षले के भन्नुभयो ? – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकतबाट १ सिट मात्र जित्नसक्यो । पार्टीले थे्रसहोल्ड पनि क्रस गर्न
More

सरकार लोकतान्त्रिक अभ्यास र जनमतविरुद्ध : बाम गठबन्धन

काठमाडौं । बाम गठबन्धनले जनादेश अनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न सरकारलाई आग्रह गरेको छ । गठवन्धनमा आबद्ध नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ जनदेश अनुसार सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन । नयाँ जनादेश आइसकेपछि सरकारले दुरगामी प्रभाव पार्ने किसिमका नियुक्तीहरु गरेको भन्दै पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष ओलीले सरकारले जनादेश विपरित काम गरिहेको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले नयाँ जनमत आउदा समेत काम चलाउ सरकारले नयाँ नियुक्ति, बढुवाका महत्वपूर्ण निर्णय गर्नु जनमतको उपेक्षा गर्नु भएको बताए । राष्ट्रिय सभा
More

मत परिणाम स्वीकार गर्न सकिँदैन : प्रदीप पौडेल, के.स., नेपाली कांग्रेस

नेपाली कांगे्रसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूलाई निर्वाचन आयोग र एमाले मिलेर षड्यन्त्रपूर्ण ढंगले पराजित गरेको आरोप लगाउनुभयो । कानुनी उपचारपछि मात्र आफूले निर्वाचन परिणाम स्वीकार गर्ने नेता पौडेलले बताए । प्राप्त उपलब्धीलाई कांग्रेसले जनतालाई बुझाउन नसक्दा पराजय व्यहोर्नुपरेको निष्कर्ष नेता पौडेलको छ । यिनै विषयमा सहकर्मी हेमप्रकाश वलीले नेता पोडेलले गरेको कुराकानी– ० निर्वाचन परिणाम स्वीकार गर्न सक्नुभएन नि ? – ५ भोटले पराजय स्वीकार गर्न नसकेर प्रदीप पौडेल चर्चामा आएको हो भन्ने मैले पनि सुनेको छु । त्यस्तो होइन, निर्वाचनमा गोलाप्रथामा पनि पराजित हुनसकिन्छ । म आफैले त्यस्ता घटना बेहोरेर आएको छु । अन्तिम ५ वटा बाकस गन्दा,
More

प्रोफेशर सूर्य सुवेदी समूहले नेपाललाई सहयोग गर्न

लण्डन । नेपालभन्दा बाहिर अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएर रहेको नेपाली बौद्धिक समुदायले नेपाललाई सहयोग गर्न तत्परता देखाएको छ । प्राध्यापक डा सुर्य सुवेदीले शनिबार एक वक्तव्य जारी गर्दै नेपाललाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको दिशामा डोर्याउने अभियानमा सहयोग गर्न बौद्धिक समुदाय तयार रहेको बताएका छन् । हालै सम्पन्न निर्वाचनपछि देशमा लामो राजनीतिक सक्रमणको अन्त्य भएको र धेरै उतारचढावहरुपछि देशमा लोकतन्त्रको नयां युगको सुरुआत भएको ठहर वक्तव्यमा छ । मुलुकलाई राजनीतिक स्थिरता दिने, आर्थिक समृद्धिमा अगाडि बढाउने, लोकतन्त्र विधीको शासन र मानवअधिकारलाई संस्थागत र सुदृढिकरण गर्ने लगायतका चुनौतिहरुलाई सामना गर्ने कार्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिएको बौद्धिक समुदायलाई परिचालन गरी सहयोग गर्न आफु र
More

राष्ट्रिय सभा निर्वाचनको खोंचे थापेर सत्ता लम्ब्याउने प्रयास : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् । बालकोटमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । कानुनको खोचे थापेर जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको भन्दै ओलीले मर्यादित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय नहुने पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह समेत गरे । उनले नयाँ सरकार बनाउन राष्ट्रिय
More

एसियर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ

काठमाडौं । गैरआवासीय नेपालीहरुको संलग्नतामा नेपाल एसेयर्टस म्यानेजमेन्ट कम्पनीको शुभराम्भ भएको छ । नेपाल ब्रिटेन डट कमका अध्यक्षसमेत रहेका चिरञ्जीवी ढकालले शनिबार कम्पनीको शुभराम्भ गरेका हुन् । कम्पनीका अध्यक्ष कृष्णप्रसाद नेउपानेका अनुसार नेपालको वित्तीय क्षेत्रमा पाँचवटा उद्देश्य लिएर कम्पनी स्थापना भएको हो । स्वदेशमा विदेशी लगानी भित्र्याउने, गैरआवासीय नेपालीहरुले नेपालमा गरेको लगानीलाई व्यवस्थापनमा सहयोग पु¥याउने, सेयर बजारमा लगानीकर्तालाई आकर्षण बढाउने, विभिन्न बैंक तथा वित्तीय संस्थाको खराब ऋणको लिलामी गृहको काम गर्ने, तथा कम्पनीलाई आवश्यक पर्ने पूँजी परिचालनको काम कम्पनीले गर्ने अध्यक्ष नेउपानेले बताए । नेपालमा सम्पत्ति व्यवस्थापनको काम गर्ने यो एक मात्र कम्पनी भएको अध्यक्ष नेउपानेले दाबी गरे ।
More

निर्वाचनमा २ उपप्रधानसहित २४ मन्त्रीले पराजित

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्मा सहभागी ४२ मन्त्रीमध्ये निर्वाचनमा भाग लिएका २४ मन्त्री पराजित भएका छन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका प्रधानमन्त्रीसहितका मन्त्रीमध्ये १८ जनामात्र जनमत परीक्षणमा पुनः सफल भएका छन। प्रधानमन्त्री तथा विना विभागीयसहित अहिले मन्त्रिपरिषद्मा ६३ सदस्य छन । प्रधानमन्त्री र चार उपप्रधानमन्त्रीसहित ४२ मन्त्री चुनावी दौडमा थिए । यसमा दुई उपप्रधानसहित २४ मन्त्रीले पराजय भोगेका हुन । निर्वाचनमा विजयी हुनेमा अधिकांश नेकपा माओवादी केन्द्रका विना विभागीय मन्त्री छन् । निर्वाचनमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापा मकवानपुर १ बाट पराजित भएका छन । अर्का उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ पनि स्याङ्जा २ बाट पराजित भए । जनमत परीक्षणमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार
More