Archives for विचार विश्लेषण

प्रवाशमा नेपाली कामदारको अवस्था

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइरहँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन सकिरहेको छैन । वैदेशिक रोजगारीमा जाँदा लागत खर्चभन्दा अत्यधिक रकम कामदारसँग असुल्ने, भनेअनुसारको काम र तलब नपाउने, कठिनपूर्ण काममा लगाइने, करार अवधि सकिएपछि पनि घर फर्कन नदिने, अभिमुखीकरण तालिम नदिई प्रमाणपत्र मात्रै दिने, स्वास्थ्य परीक्षणमा लापरबाही गर्नेजस्ता मुख्य समस्या समाधानतर्फ सरकार र मेनपावर व्यवसायी अझै गम्भीर बन्न नसकेको यथार्थता सबैको सामु छर्लंग छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर
More

के साँच्चै कम्युनिस्ट अधिनायकवाद आउँछ त ?

नारायण गाउँले । अहिलेको बाम एकताले लोकतन्त्रलाई खतरा छ या कम्युनिस्ट अधिनायकवादको उदय हुनसक्छ भन्ने कांग्रेसको दाबी चुनाबी समीकरणले निम्तिन सक्ने सम्भावित पराजयको डर र निराशाको अभिव्यक्ति होला, तर यो पूर्णतः निराधार आरोप भने होइन । यसमा मुख्यतः दुई कारण छन् । १. कम्युनिज्म र लोकतन्त्र पर्यायवाची शब्द होइनन् । लोकतन्त्रले बहुलवाद, बहुदलीय प्रजातन्त्र र चुनाबमा विश्वास गर्छ भने कम्युनिज्मले एक दलीय अधिनायकवादी शासनमा । सेनादेखि अदालत र मिडियासम्म सबै पार्टीको अधीनस्थ रहनुपर्ने कम्युनिज्मको मान्यता र अभ्यास छ । नेपालमैं पनि माओवादीले जनसत्ता, जनअदालत, जनसेना आदि स्वरूपमा राज्यका हरेक अङ्गलाई पार्टीको नियन्त्रणमा राख्ने अभ्यास गरेको थियो । कम्युनिस्ट शाशन व्यवस्था
More

मधेश एक राष्ट्र हुँदै होइन : केशव झा, महासचिव, राजपा

हिजो बिहीबार जलेश्वरबाट राष्ट्रिय जनता पार्टी (राजपा) को घोषणापत्र सार्वजनिक भयो भन्ने जानकारी मैले मिडियामार्फत् प्राप्त गरेँ । घोषणापत्र सार्वजनिक हुनुभन्दा अगाडि पार्टीका जिम्मेवार व्यक्ति कसैलाई पनि सूचना प्राप्त भएन । हामी चुनाव प्रचार प्रसारमा थियौं, घोषणापत्र सार्वजनिक हुने जानकारी नआएकाले हामी उपस्थित भएनौं । घोषणापत्र निर्माण गर्ने जिम्मा अध्यक्षमण्डललाई दिइएको थियो । तर अध्यक्षमण्डलले अन्य पदाधिकारीलाई यस विषयमा जानकारी नै नगराइ घोषणापत्र सार्वजनिक होला भन्ने कल्पना पनि गरेका थिइँन । घोषणपत्रमा उल्लेख भएको ‘बहुराष्ट्रिय’ शब्दप्रति हाम्रो आपत्ति हो । यो विषयले विवाद निकालेको छ । ‘राष्ट्र’ बारे राजनीतिक शास्त्रमा एक प्रकारको परिभाषा छ, त्यसलाई फरक देखाउने काम राजपाको घोषणापत्रले
More

देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन्

पुष्पकमल दाहाल (प्रचण्ड) हाम्रा प्रिय पुत्र कमरेड साकार दाहाल (प्रकाश) को श्रद्धाञ्जली सभामा यहाँहरुको सहानुभूतिपूर्ण उपस्थितिका लागि म र मेरो परिवार आभारी छौं । हाम्रो पारिवारिक शोकमा तपाईंहरुको ऐक्यबद्धता हाम्रा लागि धेरै महत्वपूर्ण छ । पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्दछ । तपाईंहरुको साथले हामीलाई एक मात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ । यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट हाम्रा छोरा प्रकाशको असामयिक निधन भयो । उनी जम्मा ३६ वर्षका थिए । ३६ वर्ष संसार बुझ्न र बाँच्न अत्यन्त थोरै उमेर हो । कलिला दुई छोरालाई टुहुरा बनाएर उनी यति
More

ओलीजी, तपाईंभन्दा सच्चा कम्युनिस्ट त डा. केसी नै हुन्

ओलीजी, हिम्मत गर्नुहोस् । तपाईं सिद्धान्ततः पूँजीवादी हुनुहुन्छ । व्यवहारतः व्यापारी हुनुहुन्छ । पार्टीको नामबाट कम्युनिस्ट भन्ने शब्द हटाउनुहोस् । अनि बल्ल केसीलाई चुनाबमा लड्ने चुनौती दिनुहोस् ।
More

४० प्रतिशतसम्म औषधिको मूल्य घटाउन सकिन्छ

विनोद केसी, रक्षा सचिव : धेरै निकायका साथीसँग छलफल गर्दा प्रतिवेदन तयार हुन केही समय लाग्यो । यो विषयलाई धेरै समय दिइराख्नु पर्ने थिएन । सार्वजनिक रुपमा आइसकेको विषय थियो । हामीकहाँ औषधिको मूल्य वृद्धि भएको आम सञ्चारबाट सार्वजनिक भएकै थियो । हाम्रो अध्ययनले पनि त्यही देखियो । यही देखेर सरकारले कसरी आम नागरिकलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन सकिन्छ भनेर मेरो नेतृत्वमा एउटा कार्यदल गठन गरेको हो । एउटा संयन्त्र बनाएर सर्वसाधारणलाई सस्तोमा औषधि वितरण गर्न सकिन्छ । प्रथम चरणमा सरकारी फार्मेसीहरुमा मात्रै प्रयोग गर्नुपर्छ । यसले बहुपक्षीय प्रभाव पार्छ । संयन्त्रमार्फत् औषधिमा मूल्य कम गर्ने गुन्जायस प्रशस्त देखिएको
More

गेजुवासँगको सम्झौता खारेजी जायज छ

दिपक ज्ञवाली, जलस्रोतविद् सरकारले गरेको बुढीगण्डकीको सम्झौता खारेजलाई सहज मान्नुपर्छ, कारण संसदीय समितिले पनि खारेज गर्नुपर्छ भनिसकेको थियो । सरकार छोडिसकेको मन्त्रीले नियम कानुन नमानी जुद्धशमशेर पारामा निर्णय गरिएको थियो । बृद्धाभत्ता बाँडेजस्तो परियोजना बाँड्न हुँदैन । यो योजनाका लागि भनेर नेपालमा तपाईं हामीले पेट्रोलमा ५ रुपैयाँ बढी कर तिरेका छौं । त्यसबाट अर्बौ उठेको छ । त्यो पैसाको सदुपयोग गरेर बुढीगण्डकी परियोजना नेपाल आफैले बनाउनुपर्छ । हचुवाको भरमा योजना कसैलाई दिनु हुँदैन । नेपालको ऊर्जा सिस्टमलाई सन्तुलित राख्न नेपाल आफैले बनाउनुपर्ने जलासययुक्त योजना हो यो । त्यसैले यो परियोजना जुन ढंगबाट दिइयो, एकदम गलत थियो, त्यसलाई खारेज गर्नु जायज
More

एनआरएन निर्वाचनमा लज्जास्पद पराजय पछि डोल्मा कार्ड ?

रविन पौडेल । गैरआवासीय नेपाली संघमा आठ वर्षअघि भएको एउटा सामाजिक अभियानको विषयलाई लिएर यतिबेला ठूलै चर्चा छ। एउटा पक्ष कुनै बेला कुवेतमा मृत्युदण्डको सजाय पाएकी डोल्माको जीवन रक्षाका लागि उठाएको रकम कब्जा भएको भन्दै मच्चीमच्ची प्रचारबाजी गरिरहेको छ। यो प्रकरणको वास्तविकता के हो? के प्रचार गरिएजस्तै साँच्चै गैरआवासीय नेपाली संघमा भवन भट्ट निर्वाचित भएपछि योबारे निर्णय भएको हो ? अथवा यो भर्खर चुनाबमा पराजित भएकाहरुले रनाहामा फैलाएको भ्रम हो ? झन्डै ९ सय शब्दको यो लेखको उद्देश्य डोल्मा शेर्पा प्रकरणलाई तथ्य केलाएर पाठक माझ वास्तविकता उजागर गर्नु रहेको छ। डोल्मा जोगाउने गैरआवासीय नेपालीको कदम डोल्मा शेर्पा कुवेतमा मृत्युदण्डको सजाय
More