Archives for समाचार

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

पोखरा । वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने धारणा राख्नुभयो । वैदेशिक रोजगारीमा गएका युवाले भोगेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवं मर्यादित बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उहाँहरुको जोड थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल मानवअधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत मोहन काफ्लेले युवालाई
More

यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम

गाईघाट । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ । सदरमुकामका केही स्थानीय होटलमा व्यावसायिकरुपमा नै यौन क्रियाकलाप हुन थालेपछि सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गर्न थालेको सो कार्यालयले जनाएको छ । आइतबार मात्र गाईघाटको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । पक्राउपर्नेमा होटल सञ्चालिका सानु श्रेष्ठ र यौन क्रियाकलपमा संलग्न केही महिलासहितका व्यक्ति रहेका छन् । पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार
More

समानुपातिकमा कांग्रेसको बेग्लै रेकर्ड

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा चुनावमा जनमत पाएर राष्ट्रिय दलका रूपमा स्थापित पाँच दलमध्ये कांग्रेसका खातामा अरूको भन्दा बेग्लै रेकर्ड बनेको छ। पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलका लागि प्रत्यक्षतर्फको उपलब्धिको पल्ला भारी बन्यो। एमाले, माओवादी, संघीय समाजवादी फोरम र राजपाले प्रत्यक्षतर्फबाट जितेको सिट संख्या समानुपातिक तर्फको भन्दा धेरै छ। तर कांग्रेस मात्र एक्लो दल हो जसको प्रत्यक्षतर्फ भन्दा समानुपातिकतर्फको सिट संख्या उल्लेख्य बढी छ। प्रत्यक्षतर्फ मात्रै २३ सिटमा चित्त बुझाएको कांग्रेसले समानुपातिकमा भने ४० सिट पाउनेछ। जबकी प्रत्यक्षमा ७८ सिट पाएको एमाले समानुपातिकमा कांग्रेसभन्दा मात्रै एक सिट बढी ४१ सिट मात्र पाउने छ। प्रत्यक्षतर्फ कांग्रेस पनि उछिनेर ३६
More

पाकिस्तानी चर्चमा भएको आत्मघाती आक्रमणमा आठ जनाको मृत्यु ४४ जना घाइते

इश्लामावाद, पाकिस्तान। पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार भएको आक्रमणमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका त्यहाँको अस्पतालले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएको छ। क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले सिन्ह्वा न्यूज एजेन्सीलाई फोनमार्फत् दिएको जानकारी अनुसार आत्मघाती आठजनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। घटनामा थप केही जना गम्भीर घाइते रहेका बताउँदै मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने प्रवक्ता वैगले बताए। स्थानीय सञ्चारमाध्यमले घटनामा करिब १० देखि १५ किलोग्राम विस्फोटक पदार्थ प्रयोग भएको बताएका छन्। घाइतेमध्ये नौ जनालाई गम्भीर चोट लागेको बताइएको छ। बलोचिस्तान प्रान्तका आन्तरिक मामिला मन्त्री सर्फाज वुग्टीले
More

माओवादी केन्द्रको बैठक मंगलबार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । सो पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक मंगलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा (एमाले)सँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो । यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य
More

प्रदेश नं ५ को राजधानी दाङमा हुनपर्ने माग गर्दै प्रदर्शन

दाङ । प्रदेश नं ५ को राजधानी दाङमा हुनुपर्ने माग गर्दै आज प्रदर्शन भएको छ । बुटवल क्षेत्रका जनताले त्यहाँ राजधानी बनाउन लबिङ थालेको भन्दै दाङमा त्यसको विरोधमा प्रदर्शन भएको हो । तुलसीपुरमा आज जनदबाब भन्दै -याली निकाली कोणसभासमेत भएको छ । कोणसभालाई सम्बोधन गर्दै उच्च अदालत तुलसीपुरमै रहेको, प्रदेश प्रहरी प्रमुखको कार्यालय तुलसीपुरमै रहेको, रेडियो नेपालको प्रदेशस्तरीय रिले स्टेशन तुलसीपुरमै रहेको, पहिलो बैठकका लागि भवनसमेत तयार भएको अवस्थामा यसविपरीत बुटवल राजधानी बनाइने हल्ला चलाएकाले त्यसको पछाडि नलाग्नसमेत स्थानीयवासीलाई सचेत गराइएको छ । कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज, दाङका संयोजक टीकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश
More

यस्तो छ समानुपातिक मत परिणाम

काठमाडौं । गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । मतगणना कार्य सकिए पनि अन्तिम परिणाम भने सार्वजनिक भइनसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाका अनुसार हालसम्म ९५ लाख ४४ लाख ६४१ मत सदर भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ३१ लाख ७३ हजार ४९४ मत ल्याएर पहिलो पार्टी बनेको छ । नेपाली काँग्रेस ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो भएको छ भने नेकपा (माओवादी केन्द्र) १३ लाख तीन हजार ७२१ मत ल्याएर तेस्रो पार्टी
More

पत्रकार महासंघ काभ्रेको रजत महोत्सव सम्पन्न

धुलिखेल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २५औँ स्थापना दिवसका अवसरमा आयोजित रजत महोत्सव समारोहमा उहाँले प्रेस स्वतन्त्रता विरुद्ध चालिने जुनसुकै कदमको डटेर मुकाबिला गर्ने र लोकतन्त्र र प्रेस स्वतन्त्रताको निमित्त कसैसँग सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो । लोकतन्त्रका लागि लड्ने संस्थाका पत्रकारलाई अझै पनि झुटा मुद्दा लगाएर थुन्ने काम राज्यबाट भइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो काम नहो-याउन आग्रहसमेत गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले पत्रकारको समस्या र उनीहरुको जीविकोपार्जनको विषयमा आफ्नो तर्फबाट
More

जाडोले कठ्याङग्रिएर एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ । दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी करिब ४५ वर्षीय पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । करिब तीन, चार महिनादेखि चन्द्रौटामा मागेर खाने सडकको पेटीमा रात बिताउँदै आएका मानसिक सन्तुलन बिग्रेका ती पुरुषको जाडोका कारण मृत्यु भएको हो । पुरानो कपडा लगाएका दाह्री पालेका पुरुषको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहि दिनदेखि शितलहरले गर्दा तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ ।
More

बंगलादेशलाई ५४ रनले हराउँदै नेपालको जित

पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो। नेपालका लागि दिगम चेम्जोङले अविजित ७९ रनको योगदान दिए। ६२ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए। यस्तै नवीन राईले ५९ रन बनाए। ५२ बल खेलेका उनले ८ चौका प्रहार गरे। जंगबहादुर थापा ४ रनमा एलबिडब्लुको धरापमा परे भने विपिन पौडेल १ रनमा अविजित रहे। बंगलादेशका रिपोन उदिनले २ विकेट लिए। १६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट
More