http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
समाजलाई फुटाएर भन्दा जुटाएर काम गर्नु पर्छ

विजय थापा, एनआरएनए केन्द्रिय सदस्य तथा समाजसेवी
09 February, 2010
लण्डन


बेलायतमा कार्यरत बिद्धान तथा विभिन्न पेशामा रहेका ब्यक्तिहरुको नियमित अन्तरवार्ता प्रकाशन गर्ने क्रममा यस पटक वेलायतका कार्यरत ब्यवसायी तथा समाजसेवी विजय थापासगं कुराकानी गरेका छौ । रामेछाप जिल्लामा जन्म भई हाल वेलायतलाई कर्म भूमी बनाउदै आउनु भएका थापा  करिव तिन दश देखि लण्डनमा वसोबास गर्दै आउनु भएको छ ।


कुन पेशा र संघ संस्थामा आवद्घ हुनुहुन्छ?
नेपाली टी.भि मिडिया तथा विगत दुई दशक देखि अन्य ब्यापारमा अबद्ध छु ।  संघ संस्थामा आवद्घहरुमाः
Executive Member NRNA ICC, Trustee/treasure of Yeti welfare, General Secretary of Nepalese catering Association UK, Treasurer of World Hindi Federation UK Chapter, Adviser Magar Association UK.
लामो समय देखि संघ संस्थामा हुनहुन्छ कस्तो लाग्छ अनुभव सुनाउनुन ?
नेपाली समाजलाई आफ्नो केहि समय दिएर सेवा गर्न पाएकोमा खुशी नै छु । साथी भाईहरुको म माथीको विश्वास र भरोसा तथा आफुलाईपनि संघ सस्थामा योगदान दिन पाउदाको आत्मिक शुख हुने हुदा विभिन्न संघ संस्थामा रहेर कार्य गर्ने मौका पाईनै रहेको छु । हामी नेपाली सरल, मिजासिलो तथा सोझा हुन्छौ । नेपाली भएकोमा गर्व लाग्छ ।


तपाई व्यवसायी वा समाजसेवी के भन्न रुचाउनु हुन्छ?
म ब्यवशायी हु । म आफूलाई समाजसेवीको दर्जा दिई सक्ने बेला आएको छ जस्तो मलाई चाहि लाग्दैन यसका लागि त मैले अझ धेरै काम गर्न बाकि नै छ जस्तो लाग्छ । अनि बल्ल समाजसेवी भइन्छ होला ।


तपाई रेष्टुरेन्ट व्यवसायी पनि हुनुहुन्छ, कस्तो लाग्छ नेपाली रेष्टुरेण्ट को भविष्य युकेमा?
हो म गत दुई दशक देखि रेष्टूरेन्ट ब्यवसायमा पनि संलग्न छु । म त भन्छु यसको भविष्य अति राम्रो छ । यू.के.मा नेपाली पकवानको ब्यापकता दिन प्रतिदिन बढी नै रहेकोछ । यसको ब्यापकताले यसमा संलग्न नेपाली ब्यवसायी, नेपाली कामदार र यू.के.का नेपाली समाजको प्रगती त भएकै छ त्यसको अलवा यसले यू.के.मा नेपाली र नेपाललाई प्रत्यक्ष परिचय पनि दिलाएको छ । जसले गर्दा नेपालको पर्यटन ब्यवसायलाई पनि यसले टेवा पुर्यााउनेछ भन्न अत्युक्ति नहोला । 


बेलायतमा भएका सामाजिक गतिविधिलाई कसरी मुल्यांकन गनुहुन्छ?
म आफुलाई मुल्यांकनक गर्ने ब्यक्ति भन्दा पनि चिन्तकको रुपमा लिन्छु । हाल आएर हाम्रो समाजमा आमुल परिबर्तन आएको छ । वेलायतमा हाम्रो नेपाली समाज एउटा नयां समाजको रुपमा सृजित भइरहेको छ । समाजको साथ साथै संस्कृति र परम्परागत गतिबिधि पनि संगै आउने भएकोले पहिलेको भन्दा धेरै गतिबिधिहरु तथा कार्यक्रम हुनु स्वभाविक नै हो । तर यस्ता गतिबिधिहरुले समाजलाई फुटाएर भन्दा पनि जुटाएर लाने गरि आयोजना हुनुपर्छ भन्ने मेरो मान्यता छ । सर्वप्रथम हामी नेपाली हो भन्ने भावनालाई सधै आत्मसात गर्नुपर्छ ।


तपाई यती नेपाली एसोसियसनसाग पनि लामो समयदेखि आवद्ध हुनुहुन्छ, अहिलेको विवाद के हो जस्तो लाग्छ?
भन्नै पर्दा वेलायतमा मेरो सामाजीक सेवाको सुरुवात नै यती संस्थाबाट भएको हो । हाल भएको यतीको विवादले म लगायत म जस्तै यती सँस्था प्रति माया तथा सदभाव राख्ने थुप्रै साथिहरुलाई दुखी तुल्याएको छ । यतीको ६० बर्षको गरिमालाई  यस्ता विवादहरुले गर्दा नै दुर्बल बनाएको हो । यदि  समाजसेवाको लागि संस्थामा आउनु भएको हो भने सबै पक्ष संयम भएर संस्थागत आचरणलाई जिम्मेवारीपुर्वक पालन गर्नु  पर्दछ ।


यती लण्डन फाउण्डेसनको नेतृत्व परिवर्तन कहिले हुन्छ ?
यसले हाल खासै सक्रिय रुपमा काम गरेको छैन तसर्थ आवश्यक्ता अनुशार समयानुकुल परिवर्तन होला नै ।


यती हाउसको  कल्पना बिचैमा तुसारापत हुनुका मुख्य कारण के हुन ?
तपाईलाई जानकारीको अभाव भएको हुनसक्छ  भवन खरिद त भई नै सकेको छ ।  तपाई हामीले सोचे अनुरुपको भौतिकरुपमा सबै नेपालीलाई अटाउने किसिमको ठुलो भवन किन्न र प्रयोगमा ल्याउन नसकिएको मात्र हो ।


एनआरएन यूकेको संस्थापक उपाध्यक्ष र एनआरएन अन्तराष्टि्य परिषदको केन्दि्रय सदस्य भएको नताले यो अभियानलाई कसरि हेर्नु भएको छ ?
यो तपाई हामी जस्तै देश बाहिर बस्ने नेपालीहरुको एउटा साझा संस्था हो । यसले बृहत जिम्मेवारी बोकेको छ । हुनत आलोचनात्मक दृष्टिकोण राख्नेहरुले यो ब्यपारीहरुको मात्र संस्था हो भनेर ब्यख्या गर्ने गरेको पनि पाईन्छ जुन कुरा गलत हो भन्ने पुष्टि भइ नै सकेको छ । यस संस्थाले विदेशमा बस्ने नेपालीहरुको वीचमा एक्यबद्धता कायम गराउनुको साथै मूख्यतः विदेशमा बस्ने नेपालीहरु र नेपालवीच भावनात्मक संम्पर्कलाई जिवन्त राख्न सेतुको काम गरिरहेको छ । विदेशमा बस्ने नेपालीहरु प्हिलो पुस्ताका भएका कारणले देशले गैर आवासीय नेपालीबाट पाएको फाईदा प्रत्यक्ष रुपमा नदेखिएको मात्र हो तर केहि दशक पछि यसको महत्व, आवश्यकता तथा लाभ स्पष्ट रुपमा देखिनेछ । भविष्यमा देश र गैर आवासीय नेपालीलाई यो संस्थाको आवश्यकता अझ प बढेर जानेछ भन्ने मलाई लाग्दछ ।


यो अभियानको भविष्य कस्तो छ?
जबसम्म एनआरएन सबैले यसको उद्धेश्य अनुरुप मन, बचन र कर्मले काम गर्दछन तबसम्म यसको भविष्य अति राम्रो छ । 


तपाई नेपाली टि भी कसरि निर्दैशक बन्न पुग्नु भयो ?
नेपाली टि भी सामाजिक उद्देश्य बोकेको एक ब्यवसायिक सस्था हो । विदेशमा बस्ने नेपालीहरुलाई अझ भनौ नव पुस्ताहरुलाई आफ्नो कला, भाषा, संस्कृति तथा परम्परा अवगत गराउनु हाम्रो ब्यवसायिक तथा नेपाली भएको नाताले राष्ट्रिय धर्म हो । यसै चिन्तनको फलस्वरुप नेपाली टिभीको जन्म भएको हो र स्थापनाकाल देखि नै संस्थापक निर्देशकको रुपमा यस सस्थामा रहि उद्देश्य अनुरुप अघि बढि नै रहेको छु ।


नेपाली टिभी बन्द हुन अवस्थामा छ भन्छन नी ?
यो गलत हो । इण्डोनेसियाको सुनामी, हाइटी जस्तै भुकम्प आएमा वा सेटलाईटनै क्रयास भएमा त भोलि कसले देखेको छ र, जे पनि हुन सक्छ अन्यथा नेपाली टिभी किन बन्द हुने ? सन् २०१२ मा पृथ्वी नै समाप्त हुन्छ भनेर फिल्म बनेको छ । काल्पनीक र भवितव्यमा एक्काइसौ शताब्दीको मान्छे बाच्नु हुदैन ? तपाई हामी जस्ता संचारको महत्व बुझेका ब्यक्तिले यो \\\'रे\\\' वा \\\'नी\\\' भन्ने जस्ता शब्द नै प्रयोग गर्नु हुदैन । जसले समाज, संस्कृति र संचारको महत्व बुझेका छैन् नेपाली टिभीको गलत प्रचार फैलाउछन होला त्यस्तालाई मेरो भन्नु केहि छैन । नेपाली टिभिले विदेशमा बस्ने नेपालीहरु, उनका बिदेशमै जन्मिएका वालबच्चाहरुलाई नेपाली साहित्य, धर्म, संस्कति, भाषाको अनुभूति तथा प्रवर्द्धन गराउने र सिङ्गो नेपाललाई नै अन्तराष्ट्रिय क्षेत्रमा चिनारी दिने कार्य गरेको छ । बिदेशमा बसेर बिदेशमै बस्ने नेपालीहरुको लागि भनेर खोलिएको  टिभि हो । म आशा राख्दछु की यसले गैर आवासीय नेपालीहरुको आवश्यक्ता पुरा गरेको छ ।  अन्य कुरामा यति मात्र भन्छु काग कराउदै गर्छ हात्ती लम्कदै गर्छ ।


यसका मुख्य समस्या के के हुन ?
यसको मुख्य समस्या भनेको नेपाली टिभिको महत्व र आवश्यता समाजले नबुझ्नु हो । गैर आवासीय नेपालीहरुले नेपाली टिभीको महत्व बुझेमा कुनै समस्या नै छैन् । भनिन्छ नि माल पाएर के गर्नु चाल पाएपो भने जस्तै हो । गैर आवासीय नेपालीहरु विदेशमा पहिलो जेनेरेशनको हो त्यसैले सबैको उद्देश्य बढि काम गरेर धेरै धन सम्पत्ति जोडी दियो भने आउने पुस्ताको लागि सुखद जीवन हुनेछ भन्ने मानसिकताका साथ रात दिन काममा अभिभावकहरु ल्ागिरहनु भएको छ । तर एक्काइसौ शताब्दीमा धन सम्पत्ति होईन उचित शिक्षा, अभिभावकत्व तथा आफ्नो तुलनात्मक गुण विकास गराईदिने वातावरणको सृजना गराउनु पर्ने आवश्यकता देख्दछु । तपाईको भाषा, संस्कृति तथा परम्परा नै रहेन भने तपाईको अस्थित्व नै समाप्त भएर जानेछ । हामी र हाम्रा सन्ततीले बिर्सनै नहुने कुरा के हो भने म/हामी को हो? र काहा बाट आएको भन्ने कहिल्यै बिर्सनु हुदैन । त्यसको जगेर्ना तथा सम्बर्धन गर्न नेपाली टिभी अनवरत लागिरहेको छ यसलाई तपाईहरुको नैतिक सहयोगको ठुलो खांचो छ । नेपाली टि भी तपाई सबैले घर घरमा जोडिदिनुहोस अनि तपाई हाम्रो भौतिक शरिर जाहा भएपनि हाम्रो मन र आत्मा सधै आफ्नै देश र गाउमा रमाउनेछ । फोस्रो आडम्बरमा नबाचौ, जुनसुकै राष्ट्रको नागरिकता लिए पनि हामी गर्वका साथ नेपाली भएर बाचौ नेपाली भएरै मरौ ।


अहिले बेलायतमा नेपाली संचारको अवस्था कस्तो छ?
हामी बेलायतमा नयां समाजको रुपमा स्थापित हुदैछौं । समाजलाई नै स्थापित गर्न संघर्ष परिरहेका बेलामा हरेक ब्यवसायीलाई स्थापित हुन सहज परिस्थिती त छैन नै त्यसमा पनि संचार ब्यवसाय त हरेक दृष्टिकोणले सधै संघर्षकै पर्याय हो । तर समाजलाई दिशा निर्देश गर्नका लागि संचार माध्यमको ठुलो भूमिका रहन्छ जुन हामीले बहन गर्नुपर्ने जिम्मेवारी हो । संख्यात्मक हिसाबले बेलायतमा नेपाली संचारले एक आयाम पार गरिसकेको छ । आधा दर्जन जति पत्र पत्रिका, अनलाईन, रेडियो र टेलिभिजन सबैको उपस्थितीले गर्दा बेलायतमा नेपली भाषीलाई आफ्नै नेपाली भाषामा सुसुचित हुने अवशर प्रयाप्त रुपमा प्राप्त छ भन्ने मेरो ठहर छ ।


पहिलेका सामाजिक गतिविधि र अहिलेका गतिविधिमा के फरक पाउनु ?
पहिले हाम्रो समाजको आकार सानो भएकोले गतिविधि संख्यात्मक रुपमा कम हुन्थ्यो, त्यसैले सानो कार्यक्रमले पनि ठूलो महत्व राख्थ्यो । हालका दिनहरुमा त हरेक जस्तो हप्ता कार्यक्रम आयोजना हुने भएकोले तुलनात्मक रुपले त्यति गरिमा बोकेजस्तो लाग्दैन । तर जे भएको छ त्यो सामाजीक विकासको चरण अनुरुप नै भएको हुदां यसलाई म सकरात्मक रुपमा लिन्छु ।


वेलायतको समाजमा सामाजिक विकृति बढ्ने मुख्यकारक के हो जस्तो लाग्छ?
विकृति ? कस्तो ? जब नयां ठाउमा एउटा समाज स्थापना हुन्छ भने केहि हदसम्म परिवर्तन आउने गर्दछ नै । हाम्रो समाज पनि यो देशमा एक नयां कम्यूनिटिको रुपमा स्थापना हुदैछ । हाम्रो नेपाली समाज बेलायतको समाज, संस्किृति तथा परिवेशसंग समागम हुदैछ, एक प्रकारले भन्ने हो भने यो परिवर्तनकारी संघारमा छ तसर्थ केहि परिवर्तन त अवश्य आउने नै भयो । आफ्नौ नेपाली मौलिक भाषा, संस्कृति तथा परम्परालाई अक्षुण राख्दै बेलायती रितीरिवाज, संस्कृति, भाषा तथा परिवेशलाई सम्मान पनि गर्नुपर्छ तसर्थ सामाजिक परिवर्तन हो जुन स्वभाविक पनि हो । यसलाई विकृति वा विचलन नै हो भन्नु हुदैन । केहि समुहले समाजमा आफूभन्दा फरक मत वा भवना राखेको आधारमा समाजमा बिकृति भयो भने होलान त्यसो हो भने म यसलाई विकृती मन्न तयार छैन ।


सामाजिक विकृतिका बिरुद्ध बेलायतमा रहेका सञ्चारमाध्यमहरुले कस्तो भुमिका निर्वाह गनुपर्ला ?
जुनसुकै विषयलाई दुई धारबाट ब्याख्या गर्न सकिन्छ, सकारात्मक र नकरात्मक । हरेक समाजमा दुबै पक्षहरु सधै नै विधमान छन् । विषय बस्तुलाई जनताका सामु यथार्थरुपमा प्रस्तुत गराउने माध्यम नै संचार  हो । बेलायत तथा विश्वमै रहेका नेपाली संचार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा मलाई लाग्छ सबै संचारले आफू बसोबास गरिरहेको देशको निति, नियम, जानकारी तथा सहि सूचना नेपालीहरुलाई सम्प्रेषण गर्नु पर्दछ । नेपालको समाचार प्रस्तुतीमा सस्तो लोकपि्रयताका लागि निराशाजनक रुपमा हाम्रो देशमा विभिन्न बाधा विध्न र असुविधा छ भन्नु भन्दा यसका बावजुद नेपाल शान्त, सुन्दर र रमणिय छ भन्ने भावनाबाट ओतप्रोत भइ समाचार पस्कनु पर्छ । हत्या, हिंसा, दुर्घटना र राजनैतिक खिचातानीलाई सधै प्रमूख समाचार बनाउनु भन्दा नेपालीको मुस्कुराएर स्वागत गर्ने बानी, अतिथी देव भव तथा साना तिना विकासका कार्यलाई सहृाना गर्दै संचारमाध्यमले सधै आशावादि भएर सहि मार्ग निर्देशनका निम्ति सुसुचित गर्नु पर्दछ ।


अन्त्यमा, नेपाल बि्टेन डटकमलाई केही सन्देश छ कि?
सन्देश त होईन, म नेपाल बि्रटेन डटकमलाई निष्पक्ष पत्रकारिताको धर्म निर्वाह गर्दै यसले अनवरत रुपमा प्रगति गरोस भन्ने शुभकामना दिन चाहान्छु । विश्वभर छरिएर रहेका सबै नेपाली दिदि बहिनी दाजु भाईहरुलाई हामी नेपाली भएकोमा सधै गर्व गरौ भन्ने आग्रह गर्न चाहन्छु । धन्यवाद ।

Viewers Review for this particular article
рдЦрд╛рд▓реА рдЬрд╣рд╛рдБ рд╣реЗрд░реЗ рдкрдирд┐ рдПрди рдЖрд░ рдПрди рдХреЛ рдмрд╛рд░реЗрдорд╛ ,рдЕрдиреНрддрд░реНрдмрд░реНрддрд╛ ,рднреЗрдЯрдШрд╛рдЯ, рд╕рдм рдпрд┐рдирд┐рд╣рд░реБрдХреЛ рдмрд╛рд░реЗрдорд╛ рдорд╛рддреНрд░реИред рдпреЛ рд▓рдгреНрдбрди рдорд╛ рдпрд┐рдиреА рд╣рд░реБ рднрдиреНрджрд╛ рдЕрд░реБ рдХреЛрд╣реА рдмрд╕реНрджрд╛ рд░рд╣реЗрдиреНрдЫрди рдХрд┐ рдХреНрдпрд╛ рд╣реЛред
sargam|14-Feb-2010 10:30:13
j gare pani sabi ko aaphai bani ho bhannu ra garnu ma pharak hunchha, aaphno r aaruko neta ko kasailai parema kehi nararne kukur jast a neta ko pachhi lagera nepal jada kehi hunchha ki bhanera usko pachhi lagne matra huin........................ aahile yati matra
sth p|09-Feb-2010 08:24:13
अन्तर्वार्ता अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker