http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рдордВрдЧрд▓рдмрд╛рд░, режрен рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
सबै क्षेत्रमा महिलालाई आधा अधिकार चाहिन्छ

पद्मिनी प्राधानांग, अध्यक्ष सशक्ति नेपाल
20 January, 2010
काठमाडौं


महिला सो पिस र मनोराजनका साधन होइनन् पुरुषका अर्धांगिनी हुन् त्यसकारण हरेक विषयमा उनीहरुको स्वतः आधा अधिकार लाग्छ समाजले पनि त्यस्तै व्यवहार गर्नुपर् यो । महिलालाई दिइएको सुविधा उसका लागि मात्र होइन पूरा परिवारका लागि हो । परिवार बने समाज बन्छ समाज बने गाउँ र देश बन्छ । कथित बुद्धिजीवीले महिलाप्रति गरेको व्यवहारले महिलामात्र संलग्न सशक्त पार्टी खोल्न उनलाई पे्ररित गर् यो । उनै पद्मिनी प्राधानांगसँग कुमार राउतले गरेको कुराकानी-
० महिला पार्टी केका लागि नि ?
- राजनीतिक दलले महिलालाई धेरै झुक्याए । उनीहरुले महिला अधिकार र समानताका लागि केही गरेनन् । यो विभेद आउने पुस्ताले बेहोर्नु नपरोस् भन्नका लागि हामीले महिला सशक्ति पार्टी निर्माण गरेका हौं ।
० कस्ता विभेद छन् समाजमा ?
- सबै किसिमका । तुलनात्मक रुपमा पहिलेभन्दा विस्तारै कम हुँदै गएका छन् । तर त्यो कानुनी रुपमा मात्र हो व्यवहारमा लागू भएको छैन ।
० कसरी व्यवहारमा लागू हुन्छ  ?
- आरक्षण होइन समान रुपमा राजनीतिक दलले महिलालाई व्यवहार गर्नुपर् यो । राजनीतिक दलले त आपुनो घोषणापत्रमा उल्लेख गरेको कुरा पनि पूरा गरेका छैनन् ।
० संविधानमा के लेखियो भने विभेद अन्त्य हुन्छ ?
- लैंगिक विभेद हुने कानुन स्वतः रद्द हुनुपर्छ । पुरुष र महिलाका लागि बेग्लाबेग्लै कानुन हुनुहुँदैन । मानव जाति सबै बराबर हुन् ।
० यसका लागि त अहिलेको कानुन पर्याप्त छैन र  ?
- एक्काइसौं शताब्दीअनुकूल छैन ।
० कस्तो हुनुपर्छ ?
- अहिले पनि महिलालाई सोपिस र भोग्यवस्तुका रुपमा हेरिन्छ । कानुन कार्यान्वयन गर्ने व्यक्तिको मानसिकतामा भरपर्नु परेको अवस्था छ । नीति बनाउने ठाउँमा ५० प्रतिशत महिला हुनु अनिवार्य छ ।
० यसका लागि तपाईंको पार्टीले के गर् यो  ?
- संविधानसभामा महिलाले अधिकार खोज्ने बेला हो यो । त्यसकारण विभेद अन्त्य गर्न हामी काम गरिरहेका छौं । त्यसका लागि सकि्रयतापूर्वक संविधानसभाको चुनावमा हामीले भाग लियौं ।
० तपाई उम्मेदवार बन्नुभएन ?
- समानुपातिकमा थिएँ । मोरङ सप्तरी ललितपुर र काठमाडौंबाट सातजना उम्मेदवार हामीले उठाएका थियौं ।
० तपाईंको पार्टीलाई जनताले के भने  ?
- चुनाव निष्पक्ष भएन । भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन सकेन । भयकै कारण हाम्रा उम्मेदवारले नाम फिर्ता लिनुपर्ने अवस्थासमेत सिर्जना भयो ।
० कति मत ल्याउनुभयो  ?
- त्यस्तै चारपाँच हजार ।
० विभेद अन्त्यका लागि यो संविधानले सम्बोधन गर् यो भने तपाईंको पार्टीको औचित्य समाप्त हुने रहेछ होइन  ?
- होइन सम्बोधन भएरमात्र हुँदैन कार्यान्वयन हुन जरुरी छ । जस्तो कांगे्रस पार्टी प्रजातन्त्रका लागि लडेको हो । प्रजातन्त्रपछि उसको औचित्य समाप्त भयो त
० अधिकारको दुरुपयोग गर्ने महिलाहरु पनि छन् होइन ?
- छैनन् भन्न सकिँदैन छन् । कूल जनसंख्याको १० प्रतिशत होलान् । तर ती १० प्रतिशतका लागि ९० प्रतिशतलाई सहिद बनाउन मिल्दैन ।
० अधिकार दुरुपयोग गर्नेलाई के भन्नुहुन्छ  ?
- सक्षम र शिक्षित महिला भए त्यस्ता घटना हुँदैनन् । विवेकशील नारीले त्यस्तो हर्कत गर्दैनन् । यस्तो हुनुमा पनि पुरुष नै दोषी छन् । शोषण गर्न नपाउने भयका कारण पुरुषले महिलालाई सक्षम र शिक्षित बनाउन चाहँदैनन् ।
० अधिकारवादी महिलाको दाम्पत्य जीवन त असफल भएको उदाहरण छ नि  ?
- यहाँ औंलामा गन्न सकिन्छ अथवा केही गुनेचुनेका पुरुषमात्र छन् जो महिलाको प्रगति चाहन्छन् । श्रीमतीको प्रगति देख्न चाहने थोरैमात्र पुरुष छन् । श्रीमती विरामी भई उसलाई एक गिलास तातोपानी तताएर दिनुपर् यो भने आपुूलाई जोईटंग्रे ठान्ने पुरुषको जमात यहाँ ठूलो छ ।
० कुन वर्गमा यो समस्या बढी छ ?
- उच्च र तल्लोवर्गमा यो समस्या छैन । मध्यमवर्गमा बढी छ । उच्च वर्गमा चेतना र तल्लो वर्गमा पुरुषले पनि काम गर्नुपर्ने भएकाले यस्तो समस्या छैन ।
० महिलाविरुद्ध कस्ता कस्ता िहंसा हँुदा रहेछन्  ?
- महिलाहरु असुरक्षित छन् जसका कारण उनीहरुले आत्मबल गुमाइरहेको अवस्था छ । यहाँ आपुनै सहकर्मीबाट बलात्कृत हुने अवस्था छ अरु के भन्ने ?
० सुन्तली धामीको कुरो गर्नुभएको होला तर उनकै गल्ती छ भन्छन् नि  ?
- यहाँ महिलालाई बात लगाउन सजिलो छ । तर समस्याको जडमा पुग्न कोही चाहँदैन ।
० त्यही सजिलो उपाय महिलाले पनि दुरुपयोग गर्छन् नि ?
- शिक्षा र चेतनाको अभावमा त्यस्तो हुनसक्छ । तर त्यो अभावको परिपूर्ति गराउन पुरुष चाहँदैन । किनभने त्यो अभावको पूर्ति भयो भने पुरुषले महिलालाई उपयोग र दुरुपयोग गर्न पाउँदैन ।
० व्यक्तिगत कुरो सोधौं  ?
- सोध्नुहोस् ।
० नाम कसले राखिदियो  ?
- जन्मँदाको साइत हेराएर जुरेको नाम हो । जुरेको शब्दलाई मिलाएर दिदीले राखिदिनुभएको हो ।
० कति दिदी-बहिनी  ?
- आठ दिदी-बहिनी एक भाइ ।
० दिदी-बहिनी धेरै हुनुहँुदो रहेछ सबैले पढ्न पाउनुभयो त  ?
- जेठी दिदीले आईएसम्मको अध्ययन गर्नुभयो । शिक्षिका हुनुहुन्थ्यो । उहाँको जन्म भएपछि घरको आर्थिक समृद्धि भएकाले घरले उनको विवाह गरिदिएन ।
० यो भनेको के हो  ?
- उनको जन्म भएपछि घरमा फलिफापमात्र भयो त्यसैले उनलाई विवाह गरेर जान दिइएन ।
० अन्य दिदी-बहिनी  ?
- ठिकै हो । अरु दिदी-बहिनीको अवस्था देखेपछि मैले आपुूलाई सक्षम बनाउनुपर्छ भन्ने सोचकाले विकास भयो ।
० अवस्था कस्तो थियो  ?
- रुढीवादी संस्कारभन्दा माथि उठ्न चेतनशील हुनुपर्छ भन्ने उद्देश्यले मैले पढाइ पूरा गरेपछि मात्र विवाह गर्ने सोच बनाएँ ।
० कति अध्ययन गर्नुभयो  ?
- गृहविज्ञानमा स्नातकोत्तर छु ।
० पे्रम विवाह हो  ?
- अन्तरजातीय भए पनि मागी विवाह हो ।
० कसरी सम्भव भयो  ?
- केटो जातिको होइन असल भए पुग्छ भन्ने मेरो निष्कर्ष थियो ।
० कोसँग विवाह भयो  ?
- धनकुटाको महेश बस्नेतसँग ।
० के हुनुहुन्थ्यो त्यसबेला उहाँ  ?
- घरेलु तथा साना उद्योगमा शाखा अधिकृत ।
० उहाँको घर पुग्नुभएको छ  ?
- धनकुटा दुईतीनपटक पुगें । तर उहाँको पुख्र्यौली घर पुगेकी छैन ।
० किन नि  ?
- पहिला जान सक्दिनँ भनेर लानु भएन अहिले फुस्रद छैन । धनकुटामा हाम्रो घर भीरगाउँमा छ ।
० अन्तरजातीय विवाह पनि बाजा बजाएरै भयो त  ?
- बकाइदा । हामीले हाम्रो संस्कारअनुसार विवाह गरेका हौं । मसँग अरु विकल्प पनि थिएन ।
० छोराछोरी नि  ?
- एक छोरा एक छोरी हुन् । उनीहरु यतिबेला अमेरिकामा उच्चशिक्षा हासिल गरिरहेका छन् ।
० कहिलेकाहीँ घर झगडा पनि पर्दो हो नि  ?
- त्यसलाई झगडा नभन्नुहोस् डिस्कस भन्नुपर्छ । श्रीमान् श्रीमतीको झगडा फिल्ममा मात्र हुँदैन । संसारमा लैला-मजनुको विवाह भएको भए पनि डिस्कस हुन्थ्यो । आगो ठोसेपछि नै बल्छ ।
० खाना कसले बनाउँछ नि  ?
- म आफै गृहविज्ञानकी विद्यार्थी हुँ । त्योभन्दा पनि परिवारको स्वास्थ्य मेरो जिम्मेवारी हो । कसरी क्यालोरीयुक्त खाना बनाउनुपर्छ त्यो कुरा मैले अध्ययन र अभ्यासबाट जानेकी छु ।
० श्रीमान्बाट महिला के चाहन्छन्  ?
- स-सानो कुरामा खुसी । संसारको आनन्द र सन्तुष्टि श्रीमान्बाटै प्राप्त होस् ।
० श्रीमान्ले पिउनु पनि हुन्छ  ?
- चुरोट र रक्सी पिउनेसँग म बस्न सक्दिनँ । पैसा भएका बुद्धि नभएकाले मात्र यस्तो काम गर्छन् । सचेत श्रीमतीले जहिले धनीभन्दा पनि असल श्रीमान् होस् भन्ने चाहना राख्छिन् ।
० तपाईंको फेबराइट डिक्स नि  ?
- धेरै परिकार पकाउन जानेकी छु । तर चिकेन रोस्ट म साँच्चै मीठो पकाउँछु ।
० श्रीमान् श्रीमतीबीच के कुरो सत्य हो  ?
- पुरुषको सफलतामा महिलाको ठूलो योगदान हुन्छ । त्यसैले महिलालाई विभेद गर्ने पुरुष कहिले सफल हुँदैन ।

Viewers Review for this particular article
|04-Feb-2010 10:38:32
la thikai cha sabai kura half half hune ho bhane , aba dekhi bhale lagaune hoinaki bhale lai phothi lagaunu parchha , ke yo sambhav cha ta?
Suraj|02-Feb-2010 12:18:27
राजु परियार, बिमा कुमारी दुरा र बिष्णु माझी।
|24-Jan-2010 05:52:44
घर परिवार अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker