झापा बाहुनडाँगीका दिव्यकुमार बस्नेत बुधबार बिर्तामोडमा लुटिएका छन् । बस्नेतको साथबाट चार लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।
बिर्तामोडस्थित कुमारी बैङ्कको शाखाबाट पैसा निकालेर घर जान लाग्दा पिछा गर्दै आएको व्यक्तिले पूर्व बस स्टेसनबाट पैसा राखेको झोला लुटेको हो ।
लुटेराले बिस्कुट घोलेर कपडामा छर्की दिएर 'बुबा तपाईंको कपडामा फोहोर लागेको छ' भनेपछि कपडा सफा गर्न झोला भूइँमा राख्नासाथ लिएर भागेको पीडितले प्रहरीसमक्ष बताए ।
बस्नेतले आफू लुटिएको जानकारी प्रहरीले गराएपनि लुटेराको पत्ता लाग्न सकेको छैन ।
|