http://nepalbritain.com/ad/bb.jpghttp://hecs.uk.com/http://www.everestinn.co.uk/index.html
Search Here
Latest News
मुख्यपृष्ठ
समाचारहरु
सम्पादकीय
अन्तर्वार्ता
विचार विश्लेषण
बिज्ञान प्रविधी
खेलकुद
घरपरिवार
व्यक्ति/व्यक्तित्व
आगामी कार्यक्रमहरु
पत्रपत्रिकाबाट
साहित्य सरिता
तपाइको आवाज
अभिलेखालय
तस्विर अभिलेखालय
हाम्रो बारेमा
 http://nepalbritain.blogspot.com 
 http://www.youtube.com/ 
 http://helpnepal.net 
 http://www.facebook.com/ 
 http://www.expressnepal.com  
केन्द्रीय सदस्यमा उठ्दैछु
इन्दिरा कार्की, केस नेपाल महिला संघ

नेपाल बृटेन डट कमको चौथो वर्षमा

हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।

भुपेन्द्र पाठक
श्रीमानको परिचय चाहिँदैन
उषा खाँ थारु, गृहिणी
बस र रेल
कार रुट
राष्ट्रिय रेल
डाइभिङ्ग लाइसन्स
कार इन्सुरेन्स
सरकारी कार्यालय
हुलाक
मेरो डाक्टर
जागीर
ट्याक्स अफिस
कम्पनी दर्ता
होम अफिस
बेलायती नागरिकता
बेलायती राहदानी
बेलायती नागरिकता टेस्ट
एचएसएमपी
कान्तिपुर
हिमाल खबर
नेपाल समाचारपत्र
हिमालय टाईम्स
समय
नेपाली साप्ताहिकहरु
अन्नपुर्ण पोस्ट
नयाँ पत्रिका
अंग्रेजी समाचारपत्र
सन
Nepali Date , рд╡рд┐рд╣рд┐рдмрд╛рд░, режреп рд╕реЗрдкреНрддреЗрдмрд░, реирежрезреж
तीन महिनाभित्रका चार विकल्प

देवप्रकाश त्रिपाठी
04 March, 2010
काठमाडौं


राजनीतिलाई स्याल हुइयाँ नमान्ने हो भने त्यसमा एउटा गजबको शक्ति हुँदोरहेछ- मानिसलाई कुरैकुरामा पछि लगाउन सक्ने शक्ति । एउटा स्यालले लयबद्ध शैलीमा रोदनमय आवाज छोडेपछि क्रमशः आवाजका पछाडि आवाजको कोकोहोलो मच्चिन सुरु भएझैं राजनीतिमा पनि अगुवाले जस्तो आवाज बोल्छ त्यसमा राग थप्न हज्ाारौं मानिस अग्रसर हुन्छन् । पाचायतकालमा राजा वीरेन्द्रले नेपाललाई सन् २००० सम्ममा एसियाली मापदण्डमा पुर् याउने घोषणा गर्नुभएपछि तमाम राजनीतिकर्मीहरुका मुखैमा ुएसियाली मापदण्डु झुन्डिएको थियो जसरी अहिले ुसंविधानु झुन्डिएको छ ।
संविधान एउटा कागजी दस्तावेज मात्र हो संविधान साध्य पूरा गर्ने साधन या गन्तव्यमा पुग्ने बाटो मात्र हो संविधानको लिखित स्वरुपबिना पनि मुलुक साचालन हुनसक्छ र संविधान कागजी रुपमा जतिसुकै सुन्दर भए पनि यसका पालनकर्ताहरु योग्य भएनन् भने त्यसको कुनै अर्थ हुँदोरहेनछ भन्ने विश्वइतिहासले प्रमाणित गरिसकेको छ । तथापि नेपालमा संविधानका बारेमा यसरी प्रचार गरिँदै छ कि मानौँ संविधान बनेका दिनदेखि सम्पूर्ण समस्याको समाधान हुन्छ मानौँ संविधानमा त्यस्तो जादुमयी शक्ति हुन्छ जसले जे माग्यो- चाह्यो त्यो तत्काल पूरा भइहाल्छ । आज सबै नेपाली संविधान- संविधान भनेर कराउँदै छन् यसरी संविधान निमित्तको छटपटी पैदा गरिनुमा राजनीतिकर्मीहरुको धेरै ठूलो योगदान छ भने त्यस्तो छटपटी हुनुमा चाहिँ खुसी र सुख प्राप्तिको आशा प्रमुख कारण बनेको छ ।
राजनीतिकर्मीहरुले संविधान राज्य साचालन-प्रकि्रयाको एउटा सामान्य विधि मात्र हो भन्ने चेतना जनस्तरमा दिन सकेनन् । जसरी जुन शैलीमा संविधानबारे धारणा प्रस्तुत गर्ने गरियो त्यसले जनतामा सम्पूर्ण समस्या समाधानको अचुक अस्त्र संविधान हो भन्ने सन्देश प्रवाहित गराएको छ । बि्रटेनमा लिखित संविधानबिना पनि देश चलेको छ र विश्वको एक समृद्ध मुलुकका रुपमा स्थापित छ । पाकिस्तानमा सात वर्ष लगाएर संविधानसभामार्फत संविधान निर्माण गरिएको भए पनि त्यहाँ न संविधान टिक्यो न राज्य साचालन राम्ररी हुन सकेको छ न शान्ति सुरक्षा स्थिरता र सहज जीवन नै बहाल हुन सकेको छ । सोभियत सङ्घको संविधान भविष्यमा देशलाई पन्ध्र टुक्रामा विभाजित गर्नका लागि भनेर निर्माण गरिएको थिएन ।
मास्रल टिटोले युगोस्लाभियाको विश्व-नक्सामा नामोनिसाना मेट्नका लागि संविधान बनाएका थिएनन् । संविधान नै पक्षपाती भएका कारण दक्षिण अपि्रुकाको आन्दोलनप्रति सबै पृथ्वीवासीले कुनै न कुनै रुपमा ऐक्यबद्धता जनाएका थिए र अन्ततः मण्डेलाको नेतृत्वमा रंगभेदविरोधी आन्दोलन सफल भएको पनि हो । तर नेपालको संविधान २०४७ विश्वका कुनै पनि प्रजातान्त्रिक मुलुकको भन्दा कमजोर थिएन राजनीतिमा संलग्न मानिसहरुको उग्र महМवाकाङ्क्षा र आत्मकेन्द्रित सोच एवम् व्यवहारका कारण देश निर्माणको संवैधानिक प्रतिबद्धता देखावटी मात्र रह्यो । आफ्ना कमजोरी या दोष छोप्ने साधनको रुपमा त्यसबेलाको संविधानलाई उपयोग गर्दै नयाँ संविधान निर्माणको नाटक रोमियो-जुलिएटलाई नै बिसा्रउने गरी माचन गरिँदै छ । सत्य के हो भने संविधान बन्दैमा समस्याहरुको समाधान स्वतः हुने आशा राख्नुहुन्न त्यसरी आशा जगाइनु पनि हुन्न र जगाइएको छ भने त्यो गलत हो । राजनीतिक नेतृत्व कति दूरदर्शी कति क्षमतावान योग्य र इमानदार एवम् देशकेन्द्रित छ भन्ने कुराले सम्बन्धित देशको भविष्य निर्धारण गर्छ । सन् १९४६ मा बनेको जापानको १०३ धाराको संविधानभन्दा सन् १९९४ मा बनेको इथियोपियाको संविधानमा धेरै ठूलो र धेरै पक्षहरु समेटिएका छन् । तर दुई देशबीच स्थिरता प्रजातन्त्र आर्थिक विकास र समग्र मानव विकासको अन्तर अतुलनीय छ ।
सन् १९५८ मा बनेको प्रुान्सको संविधान त्यहाँको कुशल राजनीतिकर्मीका कारण छ दशकपछि पनि उपयोगीसिद्ध भएको छ । अक्षम र अयोग्य राजनीतिकर्मीहरुको हातमा मुलुक रहँदा त्यसअघि प्रुान्सले पनि अनेकौं उतार-चढावको स्थिति बेहोर्नुपरेको थियो । सन् १७९२ देखि सन् १९५८ सम्म आइपुग्दा प्रुान्सले वर्तमानमा नेपालले भोगेको नियति पटकपटक भोग्नुपरेको थियो । तर सवा दुई सय वर्षअघि सन् १७८७ मा बनेको संविधानले संयुक्त राज्य अमेरिकाको स्थायित्व समृद्धि र प्रजातन्त्र सुदृढतापूर्वक डोर् याइरहेकै छ ।
उता दक्षिण अमेरिकी देश ब्राजिल भने राजनीतिक नेतृत्वको अक्षमताकै कारण अस्थिरता एवम् अराजकताको भुमरीमा पर्दै आयो । सन् १८९१ मा पहिलो गणतन्त्रात्मक संविधान जारी भएयता ब्राजिलमा सातौंपटक संविधान जारी भइसकेको छ । त्यहाँ यतिबेला सन् १९८८ मा जारी भएको नागरिक संविधान कि्रयाशील छ । सन् १९४९ मा बनेको भारतको संविधान र सोही साल जारी भएको जर्मनीको संविधान ६ दशकपछि पनि उपयोगी मानिएको छ कारण ती मुलुकका राजनीतिकर्मीहरुमा देशकेन्द्रित भावना सुदृढ देखिन्छ । भनिन्छ सभ्य र योग्य मानिसलाई कोर्रा लगाइरहनुपर्दैन र तिनलाई नियम-कानुनका कठोर जिाजर देखाएर तसा्रइरहनु पनि पर्ने छैन । तर असभ्य र आपराधिक प्रवृत्तिका मानिसलाई जतिसुकै सुन्दर र उत्तम नियम-कानुनले पनि छुँदैन त्यस्ता मानिसहरु कठोर दण्डका भाषा मात्र बुझ्छन् जसरी पशुहरु लठ्ठी र हतियारको इशारामा मात्र काम गर्छन् ।
नेपाली राजनीतिकर्मीहरुमा समस्या सुल्झाउनेभन्दा बल्झाउने क्षमता बढी देखिन्छ । इतिहासदेखि वर्तमानसम्मका घटनाक्रमको सूक्ष्म एवम् निष्पक्ष विश्लेषण गर्ने हो भने नेपाली जनताको समस्याको मूल स्रोत नै नेपाली राजनीतिकर्मी या नेपाली राजनीति बन्दै आएको निष्कर्ष निकाल्न सकिन्छ । वर्तमानमा देखिएका दुई अति अनौठा पक्षहरु के हुन् भने पहिलो संविधान बन्नेबित्तिकै हरेक समस्याको समाधान हुन्छ कि भनेझैं प्रचार गरिनु र दोस्रो अनन्तकालसम्म यस धर्तीमा प्रकट हुँदै जाने हरेक पुस्ताका लागि अहिले नै संविधान बनाइदिने सोच । २०४७ सालमा यिनै पात्रहरुले निर्माण गरेको संविधान बाह्र वर्षपछि यिनैलाई मान्य हुन सकेन भने भावी पुस्ताका लागि समेत भनेर संविधान बनाउन खोजिनु आफैंमा हास्यास्पद छ । हो योग्यहरुले निर्माण गरेको संविधान शताब्दी शताब्दीसम्म पनि चल्न सक्छ तर नेपाली राजनीतिका वर्तमान अगुवाहरु जसको क्षमता र योग्यताबारे सिङ्गै संसार र नेपाली जनता
परिचित भइसकेका छन् यिनले भावी पुस्ताका लागि भन्दा पनि नेपाली भूमिमा अहिले जीवित रहेका मानिसहरुको शान्ति र सुखलाई मात्र केन्द्रबिन्दुमा राखेर संविधान निर्माण गर्न सक्नु ठूलो योगदान हुने देखिन्छ । वि।सं। २०६३ मा लोकतन्त्र स्थापना हुँदा परिस्थिति अहिलेजस्तो जटिल थिएन । बाँदरको घाउझैं राजनीतिकर्मीहरु आफैंले देशको घाउ यति जटिल अवस्थामा पुर् याएका छन् कि यस्तै अवस्थामा निर्धारित समयभित्र नयाँ संविधान जारी हुन अत्यन्त कठिन देखिँदैछ ।
कदाचित जेठ १४ २०६७ भित्रै संविधान जारी गरिएछ भने पनि त्यो सर्वमान्य र लोकपि्रय हुनसक्ने सम्भावना त छँदै छैन । अहिले संविधान समयमै जारी हुनुपर्छ भन्ने विषय राष्ट्रको मूल मुद्दा बनेको या बनाइएको छ । संविधान जारी भइसकेपछि त्यही अपुरो-अधुरो संविधान नै द्वन्द्व विवाद र अन्ततः गृहयुद्धको मूल स्रोत बन्न सक्ने सम्भावना बढी देखिँदै छ । राजनीतिक नेतृत्वको क्षमता योग्यता र हालसम्मको पृष्ठभूमि हेर्दा उनीहरुले दिने संविधान देश बर्बादीको मूल स्रोत-कारण बन्न सक्ने अनुमानका आधारहरु निकै सुदृढ देखिँदै छन् ।
त्यसैले अलिकति पनि चेतनशील र देशकेन्द्रित सोच राख्ने नेपालीहरु लोकतन्त्र स्थापनाको चार वर्षपछि झनै अन्योलग्रस्त हुन पुगेका छन् । देश चलाउन संविधानको आवश्यकता पर्छ र त्यही आवश्यकतालाई बोध गरेर करोडौंको खर्चमा संविधानसभारुपी हात्ती पालिएको पनि छ । संविधान नबनोस् भनौँ भने देश चलाउन कठिन हुने बनोस् भनौँ भने वर्तमान संविधानसभाले निर्माण गर्ने संविधानले देश चलाउने होइन जलाउने सम्भावना मात्र देखिँदै छ । यस्तो अवस्थामा नेपाली जनताका अघिल्तिर महान् दार्शनिक रुपचन्द्र विष्टले भन्नुभए जस्तो ुमर्न त मर्ने गोली खाएर मर्ने कि तरबारको प्रहारबाटु भन्ने विकल्प खडा भएको छ ।
संविधान नबन्दा पनि द्वन्द्व र बनेपछि झनै ठूलो द्वन्द्व हुनसक्ने जुन परिस्थिति सिर्जना भएको छ यतिबेला जनस्तरमा विवेकसम्मत सोच र धैर्यको खाँचो तीव्र ढङ्गले अपेक्षित हुँदै गएको छ । माओवादी लडाकुहरुको व्यवस्थापन नभई संविधान निर्माण एवम् कार्यान्वयनमा कठिनाइ उत्पन्न हुने वास्तविकतालाई एकैछिन छोडेर हेर्ने हो भने नेपाली जनतासामु केही विकल्प छन् जुन विकल्पमा विचार-विमर्श गरी एउटा ठोस निष्कर्षमा पुग्नु उचित देखिन्छ ।
क जेठ १४ भित्रै अधुरो-अपूरो ुजस्तोसुकै भए पनिु ुसहमतिमाु एउटा
संविधानरुपी दस्तावेज जारी गर्नेўगराउने र त्यसमा आ-आफ्नो ुशक्ति प्रयोग
गरेरु क्रमशः आफ्नो पक्षमा संशोधन गराउँदै लैजाने ।
ख वर्तमान संविधानसभाको कार्यकाल थप गरी अझै गम्भीर ढङ्गले बहस गर्दै
मुलुकोपयोगी उत्तम संविधान जारी गर्नेўगराउने ।
ग जेठ १४ २०६७ मा वर्तमान संविधानसभाको कार्यकाल समाप्त भएपिछ
राष्ट्रपति शासन लागू गराई जनताबाट नयाँ म्यान्डेट प्राप्त गर्न निर्वाचनमा जाने
र त्यसपछि बन्ने सभाबाट नयाँ संविधान निर्माण गर्नेўगराउने ।
घ २०४७ सालको संविधानलाई पुनस्र्थापित गरी त्यसमा केही संशोधन तथा
परिमार्जन गरेर या नगरीकन कार्यान्वयन गर्नेўगराउने ।
उल्लिखित चारबाहेक पाँचौं विकल्प पनि छ त्यो हो इतिहासमा अरुका लािग
पटक-पटक अरुसँगै लडेका हामी ुवीरु कि विर नेपालीहरु एकपटक आफ्नै लािग
आफ्नाहरुसँग घनघोर लडाइँ लड्ने र जो जुन पक्ष विजयी हुन्छ उसैले
चाहेअनुसारको संविधान निर्माण गराउने । विकल्पहरु जे-जस्ता देखिए पनि सुखद्
र सहज ढङ्गले अघि बढ्न सकिने अवस्थाचाहिँ कठिनप्रायः छ । देशका लागि सुदूर
भविष्यसम्म कुन विकल्पले कम क्षति पुर् याउँछ सोही विकल्पका पक्षमा उभिनु नै
हामी सर्वसाधारण नेपालीका निम्ति बुद्धिमानीपूर्ण हुने देखिएको छ ।



लेखक घटना र विचार साप्ताहिकका सम्पादक हुन् ।

Viewers Review for this particular article
HARUWA BHRAST MANTRI BHANAUDOKO NA KURAKO THEGAN...NA KAMKO THEGAN...JANATALAI AAKHAMA CHHARO HALNE KAM HO.../
NABARAJ|05-Mar-2010 02:04:17
विचार विश्लेषण अभिलेखालय
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
»
http://nepalbritain.com/ad/LUXURY-ROOM.jpg
http://www.facebook.com/home.php?#!/profile.php?id=100000468872370
http://cid-520e7c46e372d133.photos.live.com/summary.aspx?sa=237385377
http://www.nepalbritain.com/ad/poster.jpg
http://nepalbritain.com/test.html
http://www.dkaccountancy.com
नेपाली क्यालेन्डर
नेपाली - अंग्रेजी- नेपाली शव्दकोष
मिती र समय रुपान्त्रण
बिभिन्न भाषा रुपान्तरण
नेपाली सरकारी कार्यालय
निर्बाचन आयोग
याहु मेल
हटमेल
जिमेल
नापतौल रुपान्तरण
गोलोवल नेपाली म्याग्जीन
यति एशोसियसन यूके
नेपाली दुताबास लण्डन
बिजीडब्लुएस
बेलायती दुताबास काठमाण्डौं
नेपाली जनसम्पर्क समिति बेलायत
एनआरएन बेलायत
नेपाली जनगणना बेलायत
गेसो
तामागँ समाज यूके
तमूधी यूके
एनडिएफ यूके
एबिए यूके
नर्स एसोसियसन यूके
यती एसोसियसन यूके
पास पुछ गुठी यूके
प्रगतिशिल नेपाली समाज वेलायत
हन्स्लो नेपाली समाज
बिबिसी नेपाली सेवा
नेपाली टेलिभीजन
देउराली टेलिभीजन
नेपाली सन्देश
नेपाल समाचार
यूरोपको नेपाली पत्र
नेपाली समाज युके डट कम
एनबी टिभी
अपागं समाचार
स्वतन्त्र नेपाल
इकान्तिपुर डट कम
नेपाल जापान डट कम
नेपाल न्युज डट कम
इयूनेपाल डट कम
नेपाल दुबई डट कम
नेपाल न्युज डट् कम
समुद्रपारि डट कम
नेपाल बेलायत डट कम
डिसी नेपाल डट कम
गोलोवल नेपाली म्याग्जीन
इ-जमाना डट कम
गोर्खाली अनलाईन
eXTReMe Tracker