हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 09 February, 2010
काठमाडौं
च्यानल नेपाल एवम् स्पेस टाइम नेटवर्कका अध्यक्ष जमिम शाहको आइतबार राजधानीमा भएको निर्ममतापूर्वक हत्यासम्बन्धि छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ।
पुनरावेदन अदालतका पूर्वन्यायाधिस गोविन्द पराजुलीको संयोजकत्वमा सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले पाँच सदस्यीय छानविन समिति गठन गरेको हो।
मन्त्रिपरिषदको बैठकले नेपालका पाँचवटा बिन्दुहरूमा भारतबाट रेल-वे यातायात सञ्चालन तथा बिस्तार गर्ने हिसावले जयनगर-बिजुलापुरा -बर्दिबास०, जोगबनी-बिराटनगर, नौतुना-भैरहवा, नेपालगन्जरोडदेखि नेपालगन्जसम्म भारत सरकारका तर्फबाट प्रदान गरिने सहायताका लागि सम्झौता गर्न अर्थमन्त्रालयलाई अनुमतिसमेत दिएको छ ।