हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 09 February, 2010
काठमाडौं
गत असार २४ गते बुधबार प्रारम्भ भई सोमबार माघ २५ गते सोमबारसम्म जम्मा २१६ दिन चालु रहेको व्यवस्थापिका-संसदको छैठौँ अधिवेशन सोमबारबाट अन्त्य भएको छ।
सोमबार बसेको व्यवस्थापिका-संसदको दोस्रो बैठकमा सभामुख सुवास नेम्वाङले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको ब्यहोरा बढेर सुनाउनुभएको थियो ।
अन्तरिम संविधान, २०६३ को धारा ५१ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सोमबारै बेलुका ९ बजेबाट व्यवस्थापिका-संसदको छैठौँ अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नेम्वाङले बैठकमा जानकारी दिनुभयो ।