हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
नेपालब्रिटेन डट् कम् संवाददाता 11 March, 2010
काठमाडौं
रोटरी क्लब थापाथलीले बुधबार एक कार्यक्रमबीच भिन्न किसिमले सक्षम एकसय आठजना व्यक्तिलाई 'हृविल चेयर' प्रदान गरेको छ ।
सो अवसरमा रोटरी क्लबका अध्यक्ष नारायणप्रसाद मानन्धरले विश्वमा भिन्न किसिमले सक्षम भएका व्यक्तिको सङ्ख्या १० करोडभन्दा बढी रहेको र विश्वमा उनीहरुले उल्लेख्य कार्य गरेको बताउँदै यसअघि हृविल चेयर पाएकाहरुको जीवनस्तरमा ठुलो परिवर्तन आएको बताउनुभयो ।
त्यसैगरी अन्तरराष्ट्रिय रोटरी क्लब, युकेका पूर्वगर्भनर विल्टन प|mायरीले एक हृविल चेयरबाट ११ जनाले राहतको अनुभूति पाउने बताउनुभयो ।