४ बैशाख २०८१, मंगलवार
Follow Us

काठमाडौ । शुक्रबार काठमाडौंमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना महिला र एक जना पुरूष गरि थप ३ जनामा संक्रमण भेटिएको हो ।यो संगै काठमाडौंमा संक्रमितको संख्या ४० पुगेको छ जस्मध्य २२ जना निको भएका छन् ।

बिहीबार पनि काठमाडौं, ललितपुर र भक्तपुर गरि उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दिन बित्दै जाँदा र परिक्षणको दायरा बढ्दै जाँदा संक्रमित संख्या झनै थपिने देखिन्छ । यस्तो अबस्थामा लकडाउन खुकुलो पारेर बजारमा चहलपहल बढ्दा संक्रमण पनि झन् बढ्ने देखिन्छ ।

दैनिक संक्रमित फेला परिरहेका अबस्थामा उपत्यकाभित्र आवश्यक पुर्ण परिक्षण अगाबै बजार चोक गल्लीमा मानब चहलपहल बढ्दा र मानिसले सामाजिक दुरीको पनि ध्यान नराख्दा भित्रभित्रै संक्रमण फैलिने खतरा पनि ह्वात्तै बढेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ । शुक्रबार ४ सय २६ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको हो ।नेपालमा कोरोना भाइरस ९कोभिड—१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।