७ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं–ः घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले युएईविरुद्ध बदला पनि लिएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो खेलमा नेपालले युएईलाई विकेटले हराएको हो ।

युएईले दिएको १०८ रनको सामान्य लक्ष्य नेपालले ६ विकेट गुमाउँदै १०.३ ओभरमा पुरा गर्यो ।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले नटआउट ४७ रनको योगदान दिए । यस्तै करण केसीले २० र पवन सर्राफले १८ रनको योगदान दिँदा अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा अलआउट हुँदै १०७ रनमा समेटिएको थियो।

यसअघि बिहीबारको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो ।