१५ चैत्र २०८०, बिहीबार
Follow Us

ललितपुर । नेपाली कांग्रेसले संसदमा विचाराधिन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको बारेमा पहिलो चरणको निर्वाचनपछि संविधानसम्मत ढंगले निष्कर्ष निकालिने बताएको छ । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन २०७४ केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिद्वारा सोमबार अपरान्ह केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले सो कुरा बताउनु भएका हुन् ।
“अहिले हाम्रो सम्पूर्ण ध्यान र बल निर्वाचनमा केन्द्रित छ” उहाँले भन्नुभयो,“निर्वाचन पछि छलफल गरी संविधानसम्मत ढंगले निष्कर्षमा पुग्नेछौ ।”
नेपाली कांग्रेस सबैभन्दा बढी विधिको शासनमा विश्वास राजनीतिक दल भएको दाबी गर्दै उहाँले भन्नुभयो “नेपाली कांग्रेस विधिको शासनमा विश्वास गर्ने मात्र हैन विधिको शासनको स्थापना गर्न जन्मदेखि हालसम्म लागेको पार्टी हो ।”
“केही समय यता सर्वोच्चका फैसला र आदेशले कार्यपालिका र व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको हामीले महशूस गरेका छौ”प्रधानन्यायाधीश विरुद्ध अविश्वासको प्रस्तावल्याउनु पर्ने कारणबारे उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले भन्नुभयो,“ न्यायापालिकालाई स्वतन्त्र,निष्पक्ष,स्वतन्त्र र मर्यादितबनाउन नै महाभियोगको प्रस्तावल्याउन परेको हो ।”उहाँले कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकाआ–आफ्नो क्षेत्राधिकार र सीमामा रहदा नै विधिको शासन रहने स्पष्ट पार्नुभयो ।

सहमतिमै संशोधन विधेयक पारित
केन्द्रीयप्रचार–प्रसार समन्वय उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य लेखकले संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई राजनीतिक दलहरुको सहमतिमा नै पारित गर्ने मनशायले अगाडि बढाइरहेको दावीपनिगर्नुभयो ।
संशोधनको विलम्बले तराई–मधेशका जनता माधोका हुन्छ किभन्ने सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिंदैनेका केन्द्रीय सदस्य लेखकले भन्नुभयो “संविधानमा सबैको स्वामित्व स्थापना गर्न र संविधान मेरो पनिहो भन्ने भावना जागृत गराउदै साझा सम्पत्तिको रुपमा यसलाई स्थापित गराउने कार्यको नेतृत्व पनि नेपाली कांग्रेसले नै लिन चाहन्छ ।”
कार्यक्रममा केन्द्रीय सदस्य लेखकले संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजाने विषयलाई नेपाली कांग्रेसले प्रारम्भ देखिनै प्राथमिकतामा राखेको उल्लेख गर्दै भन्नुभयो,“ तराई–मधेश, पहाड, हिमालसहित देशको सबै भागमा बस्ने सबै नेपालीको भावना समेट्न सकियोस भनेर नै हामीले संविधान जारी हुँदाका बखतदेखि नै संशोधनद्वारा यसका कमीकमजोरी सुधार गरिने कुरा उठाएका थियौं ।”
“यसमा साझा एजेण्डाहरु समेटिएका छन,” संविधान संशोधनको प्रस्ताव सहमतिमा तयार पारेर नै दर्ता गरिएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले भन्नुभयो, “यसमा राष्ट्रिय जनतादलसंग छलफल गरेर संशोधन विधेयक परिमार्जमा साझा धारणा बनाइएको छ, उपयुक्त समयमा विधेयक प्रस्तुत हुनेछ ।”
विभिन्न दलसँग वार्ता र संवाद गरी संशोधन विधेयक पारित गरिने बताउदै उहाँले भन्नुभयो,“ यसमा केही जटिलता पनि छन् तर हाम्रो तर्फबाट हैन ।”