हाम्रो नेपाली समाज वेष्ट मिडल्याण्ड यूकेको आयोजनामा परिचय कार्यक्रम सम्पन्न भयो । वेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बिभिन्न बक्ताहरुले बोल्नु भएको थियो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरत्सिंह भण्डारीले नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा गुमेको पर्यटकीय छविलाई पुनःस्थापना गर्नका लागि नेपाल पर्यटन वर्ष-२०११ को अभियान ल्याइएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय पर्यटन व्यावसायिक सम्भाव्यता तथा प्रेमको प्रतीक पाल्पाको रानीमहल दरबारको महत्व र संरक्षण विषयमा बुधबार आयोजित गोष्ठीको उद्घाटन गर्दै पर्यटनमन्त्रीले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटनलाई व्यावसायिकरुपमा ग्रामीणस्तरसम्म पुर्Юयाउनुपर्नेमा जोड दिनुभयो ।