सापिङ-४ काभ्रेका सन्तोष नेपाली ११, ले तरकारी व्यापार गर्न सुरू गरेको १ बर्ष भयो । उनी आफ्नो पढाई खर्च यही व्यापारबाट टार्ने गर्छन् । पढाईमात्र होइन, घर खर्च पनि कहिलेकाही यही आम्दानीबाट चलाउने गरेको उनी बताउछन् । उनी जनहित प्राथमिक बिद्यालयको ४ कक्षामा पढ्ने गर्छन् । उनको बुबाले गाउँका बिष्टहरुसाग बालीमा काम गर्ने गरेको उनले बताए ।उनी प्रत्येक दिन तरकारी बेच्न आउन नसके पनि बिद्यालय बिदाको बेला भने आउने गरेका छन् ।घरबाट मिरमिरेमै घरबाट दोलालघाट र्झने गर्छन् ।दोलालघाटमा आएपछि तरकारी पसलमा तरकारी खरिद गरी प्लाष्टिकमा राखेर बिक्री गर्ने गर्छन् ।दिनमा १० पोका गोलभेडा बेच्ने गरेको उनले बताए । गोलभेडा बेचेको नाफाले आफ्नो पढाई खर्च चलाउने गरेको उनले बताए ।














