१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खेलाडी किनबेचमा इग्लिस क्लबहरुले खर्चिए झन्डै एक अर्ब पाउण्ड

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७८, बुधबार ०२:४३

लन्डन । युरोपियन फुटबलमा खेलाडी किनबेचको समय अवधि सकिएको छ । ट्रान्सफर समयअवधिको अन्तिम दिन हिजो थुप्रै खेलाडीहरुको किनबेच भएका छन् ।

स्पेनिस खेलाडी साउल निग्वेज एथ्लेटिको मड्रिडबाट ऋण स्वरुप चेल्सी आएका छन् । यसैगरी बार्सिलोनाका खेलाडी एन्टोनियो ग्रेजमन पुनः एथ्लेटिको मड्रिड फर्किएका छन् ।

विश्व फुटबलकै सर्वकालिन महान खेलाडीमध्येका एक क्रिश्चियानो रोनाल्डोले आफ्नो म्यान्चेस्टर युनाईटेड पुनरागमन पुरा गरेका छन् ।

पिएसजीका क्लियन एम्बाप्पेको रियाल मड्रिड जाने सपना भने यो सिजनका लागि अधुरै रहेको छ । यसैगरी आर्सनलले जापानी डिफेन्डर तोमियासुलाई क्लबमा भित्र्याउँदा म्यान्चेस्टर युर्नाटेडका ड्यानियल जेम्स लिड्स युनाईटेड पुगेका छन् ।

यो सिजन प्रिमियर क्लबहरुले खेलाडी किनबेचमा १ अर्ब पाउण्डभन्दा बढी खर्चिएका छन् । क्रिश्चियानो रोनाल्डो म्यानचेस्टर युनाईटेडमा, रोमेलु लुकाकु चेल्सीमा तथा ज्याक ग्रिएलिसको म्यानचेस्टर सिटीमा भएको आगमनलाई सिजनको मुख्य ट्रान्सफरको रुपमा हेरिएको छ ।