१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएको सकृयतामा अमेरिकाबाट ल्याइयो स्वास्थ्य सामाग्री

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७८, बुधबार ०७:५५

लण्डन । अमेरिकाबाट ९ करोड बराबरको स्वास्थ्य उपकरण र सामाग्री आज काठमाडौं ल्याइएको छ।

नेपालस्थित अमेरिकन दूताबासका अनुसार एनआरएनए अमेरिका, डाइरेक्ट रिलिफ नामक गैर नाफामुलक संस्था, इन्डिया कोभिड एसओएस र डोटेरा इसेन्सियल ओइल युएसएको सौजन्यमा स्वास्थ्य सामाग्रीहरु अमेरिकाको युटाह नेशनल गार्डको सहयोगमा अमेरिकी सेनाको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

आज ल्याइएको सामाग्रीमा अक्सिजन कन्सन्टेटर, अक्सिजन पल्स अक्सिमिटर, भोल्ट स्टेप अप–डाउन ट्रासफरमर, एन ९५ मास्क, केएन ९५ मास्क, फेस सिल्ड, लगायत छन् ।