September 19, 2021
12:02 AM | 4:47 AM
खेल

पलेशा पहिलो खेलमै पराजित

  03/09/2021 मा प्रकाशित

जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन पहिलो खेलमै पराजित भएकी छिन् । पारा तेक्वान्दोको आज बिहान भएको खेलमा महिला के४४ विधाको ५८ केजी तौल समूहमा पलेशा बेलायती खेलाडी बेथ मुन्रोसँग पराजित भइन् । पलेशाले २१–८ ले खेल हारेकि हुन् ।

प्रतियोगितामा पलेशाको दसौं र बेथको सातौं वरियता थियो । ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेको तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा प्रवेश पाएका थिए । टोकियो पारा ओलम्पिकमा सहभागि हुने पलेशा नेपालको एक मात्र खेलाडी हुन् । पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य पदक जितेकी थिईन् भने विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

प्रतिक्रिया