७ बैशाख २०८१, शुक्रबार
Follow Us

अनुप र रक्षाको ‘नाम केवल तिम्रो’मा रोमान्स

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७८, शुक्रबार २०:५९

काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को संगीत रहेको गीतमा कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द छ ।
आफूले माया गरेकी मायाको तारिफ गरिएको गीतको भिडियो समेत बनेको छ । जसमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय देख्न सकिन्छ । भिडियोले प्रेमकथा देखाउन खोजेको छ ।
कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।
डा. उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विविध ५९ विधामा विश्व रेकर्ड राखेका छन् । सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखन गर्दे आएका उनको २४ एल्बम आएका छन् । मायाप्रेम, रोमान्स, विछोडका बिषयमा गति लेख्न माहिर उनले छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योग सम्बन्धी गीत, महिला प्रताडना सम्बन्धी गीत, मजदुर, किसान र भरिया सम्बन्धी गीतलगायत बिभिन्न परिवेशका गीत बनाएका छन् ।