८ बैशाख २०८१, शनिबार
Follow Us

यूट्युवबाट गीत गायब भए पछि गायिका लक्ष्मी तनावमा

नेपालब्रिटेन डट कम्
६ माघ २०७३, बिहीबार १६:४७

लन्डन । बिन्ध्यबासिनी म्यूजिकको यूटुव च्यानल ह्याक भए पछि दोहोरी गायिका लक्ष्मी ढकाल तनावमा छन् । एक हप्ता भित्र दुईवटा म्युजिक भिडियो सार्वजानिक गरेकी ढकालको गीत यूट्युब च्यानलबाट हटे पछि तनावमा परेकी हुन् । उनले सुन्दा मिठो लागे पनि ललिते बोलि खस्रो र जिबन साटम मायालु बोलको गीत हालै सार्बजनिक गरेकी थिइन् ।

उनले बिन्ध्यबासिनि म्यूजिकको यूटुव च्यानल ह्याकर माथि कानूनी कार्यवाही गर्ने चेतावनी समेत दिएकी छन् ।

विवाहको मौसमलाई लक्षित गरेर  बिन्ध्यबासिनी म्युजिक प्रालिले गायिका लक्ष्मी ढकालको पन्चेबाजाले सजिएको ” जिबन साटम मायालु बोलको गीत हालै सार्बजनिक गरेकाे थियो ।

यस गीतमा लक्ष्मी ढकाल र खुमन अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतमा लय खुमन अधिकारी र शब्द सिर्जना रमेश बिजी को रहेको छ । साथै साई भिजन प्रालिले यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकेको छ ।

खुमन अधिकारी , लक्ष्मी ढकाल, बिजय र सुमाद्वारा अभिनित भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन । भिडियोको छायांकन हरिनारायण चौधरी र सम्पादन बिष्णु शर्माले गरेका हुन ।

सो गीत शुक्रवार पछि पुनः अनलाइनमा उपलब्ध हुने जानकारी ढकालले दिएकी छन् ।