September 19, 2021
11:29 PM | 4:14 AM
डायस्पोरा

एनआरएनए मतदाता नामावली प्रकाशन(नामावली सहित)

  07/09/2021 मा प्रकाशित

 

लण्डन । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावाली प्रकाशन भएको छ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा भाग लिने प्रतिनिधिको नामावली सार्वजनिक गरिएको छ । गैर आवासीय नेपाली संघको १० औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली संघको वेभसाईट मार्फत सार्वजनिक गरिएको हो ।
पहिलो चरणमा नाम प्रकाशित भएका मध्ये डकुमेन्ट, सेल्फी र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिख सम्म पठाइ सक्नु पर्ने छ ।

पहिलो चरणमा ६५ र १० प्रतिशतबाट छनोट भएर आएका प्रतिनिधिको नामावली सार्वजनिक गरिएको हो ।

 

त्यस्तै, एउटै देशबाट दुई वटा नामावली आएका यूके, अष्ट्रेलिया, अमेरिका र जापानको हकमा २५ प्रतिशतको विषयमा भने विधान ब्याख्या समितिले अन्तिम निर्णय गरेपछि मात्र नामावली सार्वजनिक गरिने भएको छ ।

चार देशबाट वर्तमान कार्यसमिति र निवर्तमान कार्यसमितिबाट छुट्टाछुट्टै नामावली आएपछि विवाद भएको थियो । विधानको विषयमा प्रश्न उठेपछि त्यसको निर्णय गर्ने जिम्मा विधान ब्याख्या समितिलाई दिइएको हो ।

संघले विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भाग लिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन दिएको छ ।

संघको निर्वाचन समितिका सदस्य सचिव भूषण घिमिरेका अनुसार मतदाता नामावली प्रकाशन भए पछि निर्वाचनको मिति केहि दिनमा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

संघका महाधिवेशनमा विश्वभरिका ६४ देशबाट ३५ सय बढी प्रतिनिधि सहभागि हुने भएका छन् ।

एनआरएनए यूकेको १० प्रतिशत छनोटमै गल्ती

यसैबीच गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेमगाहा मगरले छनोट गरेका १० प्रतिशत प्रतिनिधि छनोटमै गल्ती भेटिएको छ । संघद्धारा प्रकाशित पहिलो चरणको नामावलीमा समावेश भएका मध्ये राजेन्द्र सुवेदी, सडानन्द घिमिरे, सुभाषसिहं गुरुङ, र लक्ष्मी गाहाको नाम अध्यावधिक नभएको देखिएको छ । यस्तै ६५ प्रतिशत अन्तर्रगत रहेको मतदाता नामावलीमा रहेका महन्त बहादुर श्रेष्ठ र धर्म तामाङको नाम पेन्डिङमा राखिएको छ ।

प्रतिक्रिया