September 19, 2021
11:26 PM | 4:11 AM
डायस्पोरा

एनआरएनए महिला संयोजकमा जुनू गुरूङको उम्मेदवारी

  08/09/2021 मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला संयोजक पदमा दक्षिण कोरियाबाट जुनु गुरूङले उम्मेदवारी घोषणा गरेकी छिन् ।

आगामी अक्टोबर २३ तारिख देखी २५ तारिखसम्म काठमाडौँमा हुन लागिरहेको एनआरएनएको १० औँ विश्व सम्मेलनमा गुरूङले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

गुरूङ संघको अघिल्लो नवौँ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहेकी थिइन् । उनी सन् २०१७ – २०१९ को कार्यकालका लागि एसिया प्यासिफिक महिला फोरम संयोजक रहेकी थिइन् ।

उनले विश्वभरका महिलाहरूको सञ्जालालाई विस्तार गर्नु आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको सुनाइन् ।एनआरएनए नेपालीहरूको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशील र सबैको अपनत्व ग्रहण योग्य बनाउनुपर्ने गुरूङले बताइन् ।

उनले मध्यपूर्वमा रहेका महिलाहरूको अवस्था अन्य क्षेत्रका भन्दा बढी चुनौतीपूर्ण रहेको बताउँदै आफूले प्राथमिकताका साथ उनीहरूको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले आइसीसीमा महिलाहरूको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रका लागि कोष संकलन गर्ने समेत बताइन् ।

प्रतिक्रिया