१३ बैशाख २०८१, बिहीबार
Follow Us

रविना थापाद्धारा एनआरएनए यूके च्यारिटीलाई ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७८, बुधबार २१:२४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षकी प्रत्यासी रविना थापाले एक च्यारिटी कार्यक्रमलाई आर्थिक सहयोग गरेकी छन् ।
थापाले एनआरएनए यूकेको सेप्टेम्वर १९ तारिख हुने च्यारिटीको लागि ३ हजार पाउण्ड (करिब ५ लाख रुपैया) सहयोग गर्ने घोषणा गरेकी हुन् ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा हुने सो च्यारिटीबाट संकलन हुने रकम युवा तथा महिलाहरुको हितको लागि खर्च गरिने बताएको छ ।

अल्डरशटस्थित प्यालेस रेष्टुरेन्टमा आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघका अभियान्ता लगायतको उपस्थिति रहने छ ।