१२ बैशाख २०८१, बुधबार
Follow Us

थप १३ जनाको मृत्यु, ९११ जना संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:५०

काठमाडौं । पछिल्लो पटक नेपालमा थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ र ३ हजार १ सय ४० एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा तीन सय ९ जना संक्रमित थपिएका छन । काठमाडौंमा एक सय ८७, भक्तपुरमा ६६ र ललितपुरमा ५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उपत्यकाबाहिर सबैभन्दा धेरै कास्कीमा एक सय २२ र मोरङमा एक सय जना संक्रमित थपिएका छन । पछिल्लो पटक १ हजार ४ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ छ । १३ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९४९ पुगेको छ ।