१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमसीसी सम्झौता पारित हुन ढिलो भइसक्योः सुमार

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७८, आईतवार ११:५२

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन हुन ढिलो भइसकेको बताएकी छन् । आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भइसकेको बताएकी हुन् । उनले एमसीसी सम्झौताका विषयमा नेपालको संसदले छिटो निकास दिनुपर्ने पनि बताएकी छन् ।