September 19, 2021
12:15 AM | 5:00 AM
ताजा खबर

हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख !

  13/09/2021 मा प्रकाशित

काठमाडौं । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेकाे हाे ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेकाे हाे ।

वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएकाे पाइएकाे प्रहरीकाे दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया